अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
अस्ट्रेलिया जित नजिक, चन्दरपलद्वारा दस हजार रन पूरा
 

डोमिनिका, वैशाख १५ गते। कप्तान माइकल क्लार्कले बिहीबार राति वेस्ट इन्डिजका ब्याट्सम्यान शिवनारायण चन्दरपललाई आउट गरेपछि अस्ट्रेलिया तेस्रो तथा अन्तिम टेस्ट जितको संघारमा पुगेको छ।

कामचलाउ बलर क्लार्कले आप\mनो तेस्रो विकेटका रूपमा चन्दरपललाई ६९ रनमा आउट गरे। यद्यपि चन्दरपल सो पालिको समयमा आफूलाई टेस्ट क्रिकेटमा दस हजार रन बनाउने ब्याट्सम्यानको सूचीमा उभ्याउन सफल भए। चन्दरपलले १२२ बलमा ६९ रन बनाए। टेस्ट क्रिकेटमा उनको यो ५८औँ अर्धशतकीय पालि हो।

चन्दरपल आउट भएपछि वेस्ट इन्डिजले चौथो दिन दोस्रो पालिमा पाँच विकेटको क्षतिमा १७३ रन बनाएको छ। वेस्ट इन्डिजलाई शृङ्खला बराबर गर्न ३७० रन बनाउन आवश्यक छ। अस्ट्रेलियालाई २-० ले शृङ्खला कब्जा गर्न पाँच विकेट लिनु जरुरी छ। अस्ट्रेलियाले पहिलो टेस्ट जिती शृङ्खलामा अग्रता बनाएको छ। दोस्रो टेस्ट बराबरीमा सकिएको थियो।

चन्दरपलले १४०औँ टेस्टमा दस हजार रनको कोशेढुङ्गा छोएका हुन्। दस हजार टेस्ट रनको महान् सूचीमा पर्दा म निकै खुशी छु, आप\mना लागि राखेको केही लक्ष्यमध्ये यो एक हो, त्यसैले आजको पालि विशेष बनेको छ, चन्दरपलले भने।

चन्दरपल र डारेन ब्रोभाले चौथो विकेटका लागि ११० रनको साझेदारी निर्वाह गरेपछि वेस्ट इन्डिजले चौथो दिन नै हार बेहोर्नु परेन। यी दुई क्रिजमा सँगै पर्नुअघि वेस्ट इन्डिजले ४५ रनमा तीन विकेट गुमाइसकेको थियो। ब्राभो १४८ बलमा ४५ रनको संयमपूर्ण पालि खेलेपछि शेन वाट्सनकेा बलमा आउट भए।

यसअघि छ विकेटको क्षतिमा दुई सय रनबाट खेल्न सुरु गरेको अस्ट्रेलियाको दोस्रो पालि २५९ रनमा समेटिएको थियो। अस्ट्रेलियाको पालि दोस्रो सत्रसम्म पुग्न सकेन। वेस्ट इन्डिजका अफस्पीनर शेन सिलिङफोर्डले दोस्रो पालिमा पनि सर्वाधिक चार विकेट लिए। चालू टेस्ट खेली डोमिनिकामा टेस्ट क्रिकेट खेल्ने पहिलो घरेलु क्रिकेट खेलाडी बनेका सिलिङफोर्डले पहिलो पालिमा पनि छ विकेट आउट गरेका थिए। सन् १९६६ मा लान्स गिब्सपछि सिलिङफोर्ड एक टेस्टमा दस विकेट लिने वेस्ट इन्डिजका पहिलो स्पीनर हुन्। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home