अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
नम्बरी सल्लाह
कुन्दनकुमार पन्त
 

धेरै समयपछि मेरो एकजना पुरानो मित्रसँग अचानक भेट भयो। उहाँले देख्नेबित्तिकै टाढैदेखि हतारिएर आएर तन्केर हात मिलाउँदै भन्नुभयो, "ओहो धेरै भो नि भेट नभाको, के गर्दै हनुहुन्छ मित्र ?" मैले भनेँ- के गर्नु यसो सानोतिनो राजनीति गर्दै छु। उहाँले फेरि थप्नुभयो, "ए त्यसो भए नेता बन्ने रहर लागेछ। हैन त Û" मैले भनेँ- यसो सानोतिनो राजनीति गर्ने हामीजस्ता के नेता बन्नु र Û हैन कुरा नलुकाउनोस् न Û

''राजनीति गर्नेको इच्छा र उद्देश्य त पाएसम्म नेतै बन्ने त हो नि, अझ पाएसम्म उच्च नेता, बनिएला नबनिएला त्यो पो अलग कुरो हो, कि कसो Û हा, हा, हा, हा.," उहाँको हाँसो टुङ्गिन नपाउँदै अर्को पूरक प्रश्न गर्नुभो, "तपाईंले पासा खेल्न जान्नुभएको छ ?" मैले जवाफ दिएँ- पासा त हैन पप्लु खेल्न जानेको छु। उहाँले आश्चर्यजनक मुद्रामा भन्नुभयो, "हरे यस्तो मान्छेले पनि के राजनीति गरेको होला Û यसो हो भने तपाईं ठूलो नेता बन्न सक्नुहुन्न, हेर्नोस् सधँै कार्यकर्ताको कार्यकर्ता नै रहनुहुने भो Û राजनीतिमा तपाईंको ग्रह नक्षत्र राम्रो छ, जस्तो लागेन Û तर, मैले यसो भन्यो भन्दैमा हतोत्साही नहुनुहोला नि।'' मैले त तपाईंजस्तो सोझो मान्छे, सोझोपाराले राजनीतिमा सफल हुन गाह्रो पर्छ पो भनेको Û ठूलो नेता हुनलाई त पासा फ्याँक्न जान्नुपर्छ। अझ सकुनी पासा भए त झनै राम्रो। देख्नु भएन हाम्रा ठुल्ठूला नेताहरूले बेलाबेलामा पासा फ्याँकेको। पासा फ्याँक्छन् दाउ हेरेर बस्छन्, समर्थन आयो भने सफल भयो भनी अगाडि बढ्छन्, विरोध आयो भने, ए सफल नहुने रहेछ भनी केही समय चुपचाप, मौका हेरेर बस्छन्। फेरि अर्को पासा फ्याँक्छन्। तर, विरोध भए पनि समर्थन आए पनि आखिर चर्चामा त आए नि। एवम्क्रमले पासा फ्याँकिरहन्छन् चर्चामा आइरहन्छन्। यसरी पासा फ्याँकिरहेपछि कुनै न कुनै बेला त दाउ लागिहाल्छ। अनि पो त चर्चित राजनीतिज्ञ भइन्छ। नाम पनि कमाइन्छ दाम पनि कमाइन्छ। तपाईंजस्तो खाली नेताको पछि कुद्ने, अरूले बोलेको शब्दमा थपडी बजाएर दङ्ग पर्ने। न त नाम न त दाम Û यसरी पनि राजनीति हुन्छ Û सिक्नोस् पासा हान्न Û

आज एक ठाउँमा यौटा सभा गर्नुहोस्, छ्वास्स एउटा कुरा बोल्नुहोस्। के-कस्तो प्रतिक्रिया आउँछ हेर्नुहोस्। समर्थन आए अर्को ठाउँमा पनि त्यही कुरा दोहोर्‍याउनुहोस्। नत्र अर्कै कुरा बोल्नुहोस्। फेरि प्रतिक्रिया हेर्नुहोस्। समर्थन आए अर्को ठाउँमा पनि त्यही कुरा दोहोर्‍याउनुहोस्। छेपारोले रङ्ग फेरेजस्तै, सर्पले काँचुली फेरेजस्तै आफ्नो कुरालाई पनि फेर्नुहोस्। समयअनुसार आफूलाई परिवर्तन गर्दै जानुहोस्। तपाईंले यसरी बोल्ने कुरा पत्रपत्रिकाले पनि छाप्दै जान्छन्। मुखले बोल्दैमा र छाप्दैमा पनि सबै काम गर्नैपर्छ भन्ने छैन क्यारे Û अझ बोल्दाखेरी त्यस ठाउँको मान्छेको मनसाय बुझेर इच्छा र चाहनालाई प्रतिविम्बित हुने कुरा बोल्न सके त झनै राम्रो। यसरी बोलेको कुरामा समर्थन पाइयो भने त चर्चामा आइहालियो र काम पनि गर्न सकियो भनेदेखि त ठूलै नेता पनि भैहालियो। भाग्य पनि चम्किहाल्यो क्यारे। यदि काम गर्न सकिएन भने अरूलाई नै दोष लगाएर थाप्लोमा हालिदिनुहोस्। यदि कहिलेकाहीँ बोलेको कुरामा साह्रै विरोध आयो भने कुरा बङ्ग्याएर 'मैले त्यसो भनेकै होइन, मेरो भनाइको आसयलाई बङ्ग्याएर गलत अर्थ नलगाउन अनुरोध गर्दछु' भनेर एउटा प्रेस 'कन्फरेन्स' गरेर वक्तव्य दिए भइहाल्यो। त्यतिले पनि नपुगे क्षमायाचना गरे भैगो। जसरी पनि आफू त चोखै। अनि पो हुन्छ राजनीति Û उसको कुरा सुन्दाखेरी मलाई लाग्यो- यो मान्छे पो राजनीतिज्ञ हुनुपर्ने। शङ्का पनि लाग्यो कतै गोप्य रूपमा राजनीति त गरेको छैन। सोधिहालेँ- तपाईंले त सबै कुरा जान्नुभएको रहेछ, किन तपाईं आफैँले राजनीति नगरेको त ? कि गर्नुहुन्छ Û उसले जवाफ दियो, "आफूले राजनीति गरेर कसले हुँदो न खानुको टन्टा बिसाओस् Û बरु यसो राजनीति गर्नेलाई सल्लाह दिँदै हिँड्यो भने एउटा न एउटा मान्छे नेता भएर पदमा पुगेकै हुन्छन्। कसैको दुई-चार काम भन्दियो गरिदिइहाल्छन्। काम गरिदिएबापत आफूलाई बसीबसी पैसा आइहाल्छ अनि पुगिहाल्यो नि Û" मलाई लाग्यो- कुरो त भएकै जस्ता पनि गर्दोरहेछ। मान्छेलाई एकैछिनमा प्रभाव पार्न सक्ने रहेछ। यस्ता मान्छे अरू पनि कति होलान्, मैले पो एउटा भेटेँ। यस्तैका सल्ल्ााह सुनेर त यस्ता तालतालका नेताहरू जन्मिएका र कतिपय नेताहरू डुबेका पनि। अनि देश यस्तो स्थितिमा पुगेको Û मेरो सोचाइ भङ्ग गर्दै उहाँ बोल्नुभो, "हैन मित्र के सोचिराख्नुभएको कस्तो लाग्यो मेरो सल्लाह निकै गम्भीर हुनुभयो नि Û यो मूलमन्त्र नै भनेर मान्नुहोस् र यसैअनुसार गर्नुहोस्। जुन दिन तपाईं नेता बन्नुहुन्छ फूलमाला लिएर म भेट्न आउँला। ल म गएँ।" ऊ आफ्नो बाटो लाग्यो। म पनि सोच्दै आफ्नो बाटो लागेँ।á

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home