अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
जापानद्वारा २५ करोड ९० लाख अनुदान
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १७ गते। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री कोइचिरो गाम्बा आइतबार स्वदेश फर्किनुभएको छ।

गाम्बाको विदाइपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले अत्यन्तै महìवपूर्ण सो भ्रमणले नेपाल र जापानबीचको सम्बन्धलाई अझ माथि उठाउने भूमिका निर्वाह गरेको छ भन्नुभयो। जापानी विदेशमन्त्रीस्तरीय ३५ वर्षपछि नेपालको औपचारिक भ्रमण भएको जानकारी दिँदै उहाँले भन्नुभयो, "यसले दुईपक्षीय सम्बन्धलाई प्रगाढ र सुदृढ गर्न सकारात्मक भूमिका खेल्नेछ।"

भ्रमण मुख्यतः तीन विषयमा केन्दि्रत रहेको जानकारी दिँदै उहाँले दुई देशबीचको सम्बन्ध थप सुधृढ गर्नु, दुई देशबीचको सहयोग आदानप्रदान गर्नु र नेपालको जारी शान्तिप्रक्रियाप्रति ऐक्यबद्धता जाहेर गर्नु रहेको बताउनुभयो। स्वदेश र्फकनुअघि आइतबार नै परराष्ट्र मन्त्रालयमा भएको दुईपक्षीय बैठकमा जापानले नेपाललाई दिँदै आएको सहयोग र नयाँ योजनाहरूबारे छलफल भएको थियो।

बैठकमा नेपाल पक्षको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व त्यहाँका विदेशमन्त्री कोइचिरो गेम्बाले गर्नुभएको थियो। साथै, बैठकमा अर्थ र परराष्ट्र मन्त्रालयका सचिव, जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई तथा ११ सदस्यीय जापानी प्रतिनिधिमण्डलको संलग्नता थियो छ।

बैठकका क्रममा जापान सरकारले नेपालको खाद्य उत्पादन वृद्धिका लागि सघाउने उद्देश्यले उपलब्ध गराउन लागेको २५ करोड ९० लाख रुपियाँ अनुदान सहायतासम्बन्धमा हस्ताक्षर भएको छ।

सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी र अर्थसचिव कृष्णहरि बास्कोटाले हस्ताक्षर गर्नुभयो। सो अवसरमा निर्वाचन आयोगलाई मतदाता परिचयपत्र व्यवस्थापनका निम्ति जापानले विभिन्न सामग्री प्रदान गर्ने घोषणा पनि गरिएको छ।

यसअघि जापानी प्रमण्डलसँगको अनौपचारिक बैठकमा नेपाली पक्षले २०० मेघावटको माथिल्लो सेती जलविद्युत् परियोजना निर्माण, काठमाडौँ उपत्यकामा मेट्रो रेलसेवा सञ्चालन तथा मध्यपहाडी राजमार्ग निर्माणका निम्ति जापान सरकारसँग अनुरोध गर्ने सहमति भएको थियो। उपप्रधानमन्त्री प्रकाशले दुई पक्षबीच भएको छलफलको ठोस नतिजा केही समयपछि देखिने बताउनुभयो।

छलफलमा नेपालको तर्फबाट माथिल्लो सेती, काठमाडौँ उपत्याकामा मेट्रो रेल सेवा सञ्चालनलगायतका विषयमा छलफल भएको बारे सोधिएको प्रश्नबारे उत्तर दिँदै उहाँले भन्नुभयो- धेरैवटा विषयमा छलफल भएको छ। जापानी विदेशमन्त्रीले ती विषयमा सम्बन्धित अधिकारीलाई निर्देशन दिन्छु भन्नुभएको जानकारी दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो- तर यही नै हो भन्नका लागि केही दिन कुर्नुपर्छ।

भ्रमण अवधिमा गाम्बाले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गर्नुभएको थियो।

राष्ट्रपतिसँगको भेटमा जापानले नेपालको आर्थिक र पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगका लागि राष्ट्रपतिले जापान सरकार र जापानी जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यस अवसरमा आपसी हित तथा सहयोगका अन्य विषयहरूमा पनि छलफल भएको थियो।

त्यस्तै, प्रधानमन्त्री डा. भट्टराईसँगको भेटमा नेपालको शान्तिप्रक्रिया, संविधान निर्माणका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा प्रधानमन्त्रीले लुम्बिनी भ्रमण वर्षका लागि सहयोग गर्न जापानी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको थियो।

एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाका नेता तथा उपप्रधानमन्त्री विजय गच्छदारसँग पनि जापानी विदेशमन्त्रीले भेट गर्नुभयो। भेटघाटमा उहाँले सबै राजनीतिक दल शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्षम हुने विश्वास व्यक्त गरेको बताइएको छ। सबै नेताले संविधान निर्माणको कामलाई मिलेर चाँडै टुङ्गोमा पुर्‍याउनेमा विश्वस्त रहन आग्रह गर्नुभएको थियोे ।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home