अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
भलिबलमा न्यू डाइमन्ड विजयी
रामेछाप समाचारदाता
 

मन्थली, वैशाख १७ गते। रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबारदेखि भएको प्रथम चण्डेश्वरी खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमन्ड एकेडेमी काठमाडौँले हात पारेको छ।

न्यु डायमन्डले आइतबार फाइनलमा धनकुटा खेलकुद विकास समितिलाई सोझो तीन सेटमा २५-५, २५-१० र २५-६ ले हरायो। न्यु डायमन्डले उपाधिसँगै रामेछापमा हालसम्मकै सबभन्दा ठूलो राशिको पचास हजार पाँच सय रुपियाँ खल्तीमा हालेको छ। उपविजेता धनकुटा खेलकुद विकास समितिले तीस हजार पाँच सय रुपियाँ, तेस्रो गोकुल गङ्गा उच्च मावि रस्नालु, रामेछापले पन्ध्र हजार पाँच सय, चौथो आयोजक टिम चण्डेश्वरी युवा क्लब प्रीतिले दस हजार पाँच सय र सान्त्वना हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीले दस हजार रुपियाँ हात पारेका छन्।

प्रतियोगितामा उत्कृप्ट खेल प्रदर्शन गरेको न्यू डायमन्डकी रमिला तण्डुकार उत्कृष्ट खेलाडी र वेष्ट स्पाइकरको घोषित भइन्। न्यू डायमन्डकै सलिना श्रेष्ठ वेस्ट डिफेन्डर र कृपा अधिकारी वेस्ट लिˆटर चुनिए। धनकुटाकी जीवानी राईले वेस्ट सर्भर उपाधि जितिन्।

प्रतियोगितामा तेस्रो स्थानका लागि भएको प्रतिस्पध्र्ाामा गोकुल गङ्गाले आयोजक चण्डेश्वरी युवा क्लबलाई २५ -१०, २५ -१८ र २५ -७ ले हरायो।

शान्तिदीप युवा क्लब मन्थलीको सहयोगमा जिल्ला खेलकुद विकास समिति र श्री चण्डेश्वरी युवा क्लब, प्रीति, रामेछापलेे संयुक्त रूपमा आयोजना गरेको सो प्रतियोगितामा रामेछाप, काठमाडौंँ र धनकुटा गरी तीन जिल्लाका छ टिम सहभागी थिए।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home