अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
अविश्वासकोप्रस्ताव ल्याउछौ : काङ्ग्रेस-एमाले
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १८ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी विपक्षी दलका नेताहरूले दिनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूले सोमबार यस्तो चेतावनी दिए पनि एमाओवादीका नेताले भने प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा नदिने दाबी गर्नुभएको छ।

रिपोर्टर्स क्लबले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्रीले राजीनामा नदिए संसद्को विशेष अधिवेशन बोलाएर प्रधानमन्त्री पदबाट च्युत गर्ने बताउनुभयो।

"यो सरकारलाई हटाउन काँग्रेस सबै प्रकारका उपाय अपनाउन सक्रिय हुन्छ", नेता खड्काले भन्नुभयो- "अब बाबुरामजीका दिन सकिए, सबै संवैधानिक उपाय अवलम्बन गरेर सरकार बदल्छौँ।" डा. खड्काले प्रधानमन्त्री भट्टराईले आˆनो सम्मानका लागि बेलैमा राजीनामा गर्नु राम्रो रहेकोसमेत बताउनुभयो। उहाँले यस विषयमा सबै दलसँग छलफल सुरु गर्ने र निष्कर्षमा पुग्ने बताउनुभयो।

नेता डा. खड्काले वर्तमान सरकार र त्यसको नेतृत्व गरिरहेको एमाओवादीका कारण जेठ १४ अघि संविधान बन्ने लक्षण नदेखिएकाले संविधान जारी गर्न सरकार परिवर्तन गर्न आवश्यक भएको बताउनुभयो।

नेकपा एमालेका नेता शङ्कर पोखरेलले जेठ १४ पछि उत्पन्न हुने परिस्थितिको सामना गर्न पनि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो। उहाँले सरकार परिवर्तनका लागि आफूहरू सबै प्रकारका लोकतान्त्रिक विकल्पमा जान तयार रहेको बताउनुभयो।

नेता पोखरेलले माओवादी र संयुक्त मधेसी मोर्चाभित्रै पनि सरकार परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठिरहेकाले सबैको समर्थन प्राप्त हुने बताउनुभयो।

एनेकपा -माओवादी) का नेता अग्नि सापकोटाले शान्तिप्रक्रिया टुङ्गनि लागेको अनि संविधान पनि बन्न लागेको देखेर काँग्रेस र एमालेका नेताहरू झस्किएको बताउनुभयो। उहाँले अविश्वासको प्रस्ताव ल्याए पनि बहुमत डा. भट्टराईसँगै रहने उल्लेख गर्दै सो अविश्वासको प्रस्ताव स्वतः अस्वीकृत हुने दाबी गर्नुभयो।

नेता सापकोटाले राष्ट्रिय सहमतिको वातावरण नबनेसम्म प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभयो। राष्ट्रिय सहमतिको वातावरण नबने अहिलेजस्तै बहुमतका आधारमा वर्तमान सरकार चलिरहन्छ, उहाँले भन्नुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले संविधान बनाउने बेलामा सरकार परिवर्तनको कुरा गर्नु प्रासङ्गकि नरहेको बताउनुभयो। वर्तमान सरकार भ्रष्ट भए पनि अहिले संविधानमा ध्यान केन्दि्रत गर्ने कुरा प्रमुख हो, अध्यक्ष राणाको भनाइ थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home