अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
जनकपुरमा विस्फोट, चारको मृत्यु, पन्ध्रजनाको काठमाडौंमा उपचार हुँदै
नवलकिशोर यादव/राजु आचार्य
 

जनकपुरधाम, वैशाख १८ गते। जनकपुरको अति व्यस्त रामानन्द चोकमा सोमबार बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ भने करिब २४ जना गम्भीर घाइते भएका छन्। बिहान १०:१० बजे भएको सो घटनामा परी जनकपुर नगरपालिका ८ बस्ने ४५ वषर्ीया विमल शरण, ४२ वषर्ीय सुरेश उपाध्याय, वडा नं. ११ बस्ने झगरु दास र मिथिला नाट्य कला परिषद्का सदस्य ३७ वषर्ीया रञ्जु झाको मृत्यु भएको छ। विमल शरणको मृत्यु घटनास्थलमै भयो भने अन्य तीनजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जनकपुर अञ्चल अस्पतालमा भएको प्राथमिक उपचारपश्चात् उहाँहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्य घाइतेको जनकपुर अस्पतालमा उपचार भइरहेको छ। घटनाका विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले भन्नुभयो, "घटनाको प्रकृति हेर्दा बाहिरबाट आएको व्यक्तिले बम विस्फोट गराएको जस्तो लाग्छ।"

प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ। अनुसन्धानका लागि हिरासतमा लिइएका व्यक्तिहरूको विवरण खुलाइएको छैन।

प्रत्यक्षदर्शीका अनुसार ज. २ प ९३९५ नम्बरको मोटरसाइकलमा बम राखिएको थियो। सो मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। यता जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुुक्ति समूहले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी घटनाको जिम्मा लिएको छ।

मिथिला राज्यको माग गर्दै मिथिला राज्य सङ्घर्ष समितिको आहृवानमा बिहान ८ बजेदेखि स्थानीय रामानन्द चोकमा चक्काजाम गरी त्रिपाल झुन्ड्याएर सडकमै धर्ना भइरहेका बेला बम विस्फोट भएको थियो। बम विस्फोटले सहर आतङ्कित भएको छ। बजारमा सुरक्षाकर्मीबाहेकका मान्छे सडकमा देखिएका छैनन्। शैक्षिक संस्थाहरू

पनि बन्द गरिए।

यसैवीच बम विस्फोटनमा घाइते भएका १५ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। निजी हवाईजहाज तथा नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएका घाइतेमा रमेश यादव, राजेशकुमार सिंह, जमुन ठाकुर, धीरेन्द्रमोहन झा, वजिर सेख, दीपेन्द्र दास, मुकेशकुमार यादव, रामवहन झा छन्। यस्तै जयशङ्कर ठाकुर, सुरेन्द्र मण्डल, परमेश्वर कापडी, सञ्जय पजियार, दिलीप थापा, मनमोहन साह र रोशन श्रीवास्तवको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दीपेन्द्र दास र सुरेन्द्र मण्डलको अवस्था चिन्ताजनक रहेको शिक्षण अस्पताल आकस्मिक कक्ष -इमरजेन्सी विभाग) का प्रमुख डा. रमेश आचार्यले जानकारी दिनुभयो। पेटमा गम्भीर चोट लागेका घाइतेद्वयको शल्यक्रियाको तयारी भइरहेको उहाँले बताउनुभयो। घाइतेका आफन्त र भेटघाटका लागि अस्पताल आएकाको भीडका कारण अस्पतालको आकस्मिक कक्ष अस्तव्यस्त बनेको छ। यत्रतत्र बिरामीको रगत लत्पतिएको छ भने घाइतेका आफन्त बिरामीको उचित उपचारको व्यवस्था नभएको आक्रोश पोखिरहेका थिए। "यत्रा अस्पताल छन्, अन्तै रिफर गरिदिनुहोस्", एकजना बिरामीका आफन्तले आक्रोश पोख्दै थिए। अस्पतालमा उपचार गराइरहेकाहरूको रोदन त्यत्तिकै मर्मस्पर्शी र कारूणिक थियो। घाइते स्थानीय

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home