अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
जापानी सहयोगको सन्देश
 

नेपालमा दुईपटक ठूलठूला राजनीतिक परिवर्तन भएको अवस्थामा झन्डै ३५ वर्षपछि जापानी विदेश मन्त्री कोइचिरो गाम्बाले हालै गर्नुभएको नेपाल भ्रमणले नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ। यी ३५ वर्ष नेपालले राजनीतिक वृत्तमा नयाँनयाँ अनुभव सँगालेको छ। यी वर्षहरूमा नेपाल एकदलीय पञ्चायती व्यवस्था हँुदै गणतन्त्रसम्म आइपुगेकाले जापानी विशिष्ट नेताले गर्नुभएको औपचारिक भ्रमणबाट हाम्रा उपलब्धिलाई जापानले दिएको सम्मानका रूपमा पनि बुझ्न सकिन्छ। साथै उहाँले काठमाडौंमा रहँदा नेपाली नेताहरूसँग वर्तमान राजनीति र बहसका विषयमा चासो देखाएर नेपाली जनताले चाहेको परिस्थिति निमार्णमा सहयोग गर्न जापान आतुर रहेको सन्देश दिनुभएको छ, जुन नेपाल नेपालीका लागि प्रसन्नताको विषय हो। विशिष्ट पाहुनाको यो भ्रमण नेपालले जापानबाट के पायो भन्ने भौतिक प्राप्तिले मात्र महìवपूर्ण नभई नेपालका हरेका परिवर्तनलाई नेपालीको चाहना भन्दै आगामी दिनमा नेपालले लिने निर्णयमा सहयोग रहने जापानी प्रतिबद्धतासमेतले भ्रमणको वैशिष्टता थपिन पुगेको हो। झण्डै दुई वर्षअघिको भीषण सुनामीले थुप्रै भौतिक संरचनाको दर्दनाक प्राकृतिक विनाश भोगेको जापानले नेपालको विकासमा उदारमना देखाइ खाद्य उत्पादन वृद्धिमा सघाउन झण्डै रु.२६ करोड अनुदान रकम उपलब्ध गराउने भएको छ जुन सहयोग नेपालीका लागि अङ्कका हिसाबले भन्दा पनि आत्मियताको हिसाबले अत्यन्त महìवपूर्ण छ। भ्रमणका क्रममा निर्वाचन आयोगलाई मतदाता परिचयपत्र व्यवस्थापनका निम्ति जापानले विभिन्न सामग्री प्रदान गर्ने, २०० मेगावटको माथिल्लो सेती जलविद्युत् परियोजना, काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन, मध्यपहाडी राजमार्ग निर्माण तथा स्पाइनल कर्डसम्बन्धी अस्पतालस्थापनार्थ नेपालले गरेको अनुरोधमा मित्रराष्ट्र जापान सकारात्मक हुनुले उसको विशाल हृदयलाई बुझ्न सकिन्छ। विश्वमा देखिएको अर्थिक मन्दी, प्राकृतिक प्रकोप र अहिले आफ्नै जनताका आन्तरिक आवश्यकता पूरा गर्न क्रियाशील जापानले दिएको सहयोग आफैंमा प्रशंसनीय भए पनि सहयोग माग्ने कुटनयिक परम्परा तथा राष्ट्रिय मर्यादालाई हामीले बिर्सनु हुँदैन। विदेशी देख्ने बित्तिकै ठमेलका सर्वसाधारणले मागीहाल्ने जस्ता हाम्रा बानीमा पुनर्विचार गर्नुपर्ने हुन्छ। साथै कूटनीतिक सफतला भनेको ऋण वा अनुदान पाउने कला मात्र पनि त होइन। सार्क मुलुकको पर्यवेक्षक जापानले सार्क सदस्य नेपाललाई उच्च महìव दिनु स्वाभाविक हो। विश्वमा शक्तिशाली र एसियामा प्रभावशाी मुलुकका रूपमा जापानले नेपाललाई गर्ने सहयोगमा यस्ता द्विपक्षीय तथा अन्तराष्ट्रिय रणनीतिहरू निहित रहनु वर्तमान विश्व राजनीतिको स्वाभाविक परिणति पनि हो। त्यसैले नेपालले जापानबाट कति पायो भन्नुभन्दा जापानले महìवको कुन सूचीमा नेपाललाई राखेको छ भन्ने कुरालाई नेपाली कूटनीतिले अध्ययन गरी जापानका अवस्था र अपेक्षालाई पनि नेपालले बुझिदिनु पर्दछ। जापान नेपालका लागि ठूलो दातृ र सहयागी राष्ट्र हो तर विश्व राजनीतिक रङ्गमञ्चमा जापानी भूभिकामा नेपाल उसका लागि उत्तिकै सहयोगी पात्र बन्न सक्दछ। यस्तो सामथ्र्यलाई नेपालले बुझ्नु र सदुपयोग गर्नुपर्दछ। तर नेपाली सन्दर्भमा नेपालको उच्च्ा राजनीतिक तहबाट गरिने भ्रमण हुन् वा उतातिरबाट नेपालमा गरिने भ्रमण किन नहुन् कसले कति दियो र कसले कति ल्यायो अर्थात् कति माग्यो, कति पायो भन्ने हिसाब किताबबाट भ्रमणलाई "फलदायी" भएको वा नभएको भन्ाी परिभाषित गर्ने मानसिकता देखिन्छ। भ्रमण मुख्यतः तीन विषयमा केन्दि्रत रहेको नेपाल सरकारले स्पष्ट गरेको छ। नेपाल-जापानबीच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्ध अहिलेको भ्रमणसम्म आइपुग्दा निकै झाँगिएको छ। दुई मुलुकबीच औपचारिक मात्र नभएर जनस्तरमा रहेका सामाजिक र सांस्कृतिक सम्बन्धमार्फत हाम्रा आगामी दिन मैत्रीपूर्ण हुने विश्वास गर्न सकिन्छ। यसका लागि जापान र नेपाल एकआपसमा सहयोग आदानप्रदानलाई निरन्तरता दिनुपर्ने हुन्छ। नेपाल जापानबीचको प्रगाढ मित्रतालाई अझ सुदृढ र दुई देशबीचको सहयोग आदानप्रदान र नेपालको जारी शान्ति प्रक्रियाप्रति ऐक्यबद्धता जाहेर गर्न भ्रमण पूर्ण सफल रहेको छ। विगतदेखि नेपाललाई गर्दै आएको सहयोग राशिमा बृद्धि गराउन र नेपाली जनताको परिवर्तनलाई जापानले "शान्त कूटनीति" मार्फत थप रचनात्मक र उत्साहित बनाउन यो भ्रमण सफल रहेको समेत देखिन्छ।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home