अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
सहरमा फालाफाल, गाउँमा शून्य
सिराजुद्दिन खान/नेपालगन्ज
 

नेपालगन्ज, वैशाख १८ गते। नेपालगन्जमा रहेका निजी तथा सरकारी बैङ्कहरूले शहरमा मात्र कर्जा लगानी गर्नाले ग्रामीण भेगका बासिन्दाहरू कर्जा पाउनबाट वञ्चित भएका छन्। बैङ्कहरूको कर्जा प्रवाह शहरमा फालाफाल रहेको छ भने गाउँमा शून्य छ।

सरकार र माओवादीबीचको द्वन्द्व अन्त्यसँगै नेपालगन्जमा बैङ्कहरूको ओइरो लागेको हो। सरकारी बैङ्क हुन् या निजी बैङ्क सबै शहर केन्दि्रत छन् तर गाउँमुखी कोही छैनन्।

यहाँ करिब ४० वटा बैङ्क र तिनका शाखा रहेका छन् तर सबै शहरमुखी छन्। उनीहरूका हरेक गतिविधि शहरमा मात्र सीमित छन्। निजी तथा सरकारी बैङ्कले गाउँका ग्राहकको रकम जम्मा चाहिँ लिन्छन् तर कर्जा भने एक रुपियाँ पनि दिँदैनन्।

बैङ्कहरूले शहरमा जति पनि लगानी गरिरहेका छन्। शहरका कोही पनि व्यक्ति कर्जा माग्न आयो कि तीन दिनभित्र उसको हातमा बैङ्कले पैसा थमाइ दिइहाल्छ। ग्रामीण भेगको कोही व्यक्ति बैङ्कमा कर्जा लिन आयो भने उसले कर्जा पाउने गरेको छैन।

ग्रामीण भेगका बासिन्दा बैङ्कहरूले कर्जा नदिँदा आधुनिक खेतीसमेत गर्न पाइरहेका छैनन्। कृषि, व्यापार, व्यवसयाका लागि प्रचुर सम्भावना रहेको बाँके जिल्लाको राप्ती पारी बैजापुर गाविसमा सडक, यातायात, सिँचाइ सबै रहेको छ तर यस्तो ठाउँमा पनि बैङ्कहरूले कर्जा लगानी गरिरहेका छैनन्। बैङ्कहरूको भेदभावको व्यवहारले ग्रामीण भेगका बासिन्दा आधुनिक खेती गर्न तथा आय स्रोत बढाउनबाट वञ्चित भएका छन्।

बाँके बैजापुरका दुःखीराम थारुले बैङ्कमा कर्जा लिन जाँदा तपाईलाई कर्जा दिन सक्दैनौँ भन्दै फर्काइ दिने गरेको दुःखेसो पोख्नु भयो। उहाँले शहरका मान्छेले ऋण पाउने हामी गाउँका मान्छेले आफ्नो सम्पत्ति राखेर पनि ऋण नपाउने यो कस्तो नियम हो भनि आक्रोश पोख्नु भयो।

गाउँ गाउँमा कर्जा प्रवाह गर्दै आएका कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले तत्कालीन माओवादी जनयुद्धसँगै कर्जा लगानी शहरमा मात्र सीमित राखेपछि ग्रामीण भेगका बासिन्दाले यो समस्या झेल्नु परेको हो।

मध्यपश्चिमाञ्चल विकास क्षेत्र भर कुनै पनि जिल्लाका ग्रामीण भेगमा निजी तथा सरकारी बैङ्कहरूले कर्जा लगानी गरेका छैनन्। राष्ट्रिय वाणिज्य बैङ्क क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय प्रमुख टेकराज जोशीले कर्जा लगानी शहरमा मात्र केन्दि्रत गरेको बताउनुभयो।

द्वन्द्वका बेला गाउँबाट विस्थापित भएपछि फेरि गाउँमा जान नसकिरहेको अवस्था आएको उहाँले बताउनुभयो। लगानी सुरक्षित रहन्छ भन्ने पूर्ण विश्वास नभएरै बैङ्कहरूले ग्रामीण भेगमा कर्जा लगानी गर्न हिच्किचाएको क्षेत्रीय प्रमुख जोशीको भनाइ छ।

ग्राण्ड बैङ्क लिमिटेड नेपालगन्ज शाखाका प्रमुख मन्त्रिलाल गुप्ताले पनि आफूले शहरमा मात्र कर्जा लगानी गरिरहेको बताउनुभयो। माथिको निर्देशन अनुसार कर्जा लगानी शहरमा मात्र भइरहेको जानकारी दिँदै प्रमुख गुप्ताले बैङ्कहरूले गाउँमा कर्जा लगानी नगर्नुको मुख्य कारण असुरक्षित ठानेरै हो भन्नुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home