काठमाडौँ, वैशाख १८ गते। राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले आफ्नो आम्दानीको प्रमुख स्रोतका रूपमा रहेका पौडीपोखरीलाई अब उप्रान्त ठेक्कामा नदिने भएको छ।
सातदोबाटोमा अवस्थित पौडीपोखरी र त्रिपुरेश्वरको परिषद्को हाताभित्र रहेको पौडीपोखरी थप व्यवस्थित गर्दै राखेपले आफैले सञ्चालन गर्ने योजना बनाएको छ।
प्ाौडीपोखरी ठेक्कामा व्यापक अनिमियता हुने गरेको र ठेक्का बापत पाउनुपर्ने ५४ लाख रुपियाँ हालसम्म पनि नपाएकाले राखेपले यस वर्षदेखि दुवै पौडीपोखरी आफै सञ्चालन गर्ने योजना बनाएको जानकारी राखेपका सदस्य सचिव युवराज लामाले दिएका छन्। विगतको ठेक्का बापतको ठूलो रकम हालसम्म पाएका छैनौँ, ठेकेदार फरार छ, त्यसमाथि ठेक्कामा मिलेमतो हुने गरेको देखियो त्यसैले अब हामीले ठेक्का नदिने योजना बनाएका हौँ, यसलाई अब राखेपको आम्दानीको प्रमुख स्रोतको रूपमा विकसित गर्नेछौँ, उनले भने।
यस वर्षको वैशाखदेखि आफैले सञ्चालन गरेको पौडीपोखरीबाट राम्रो आम्दानी भइरहेकाले ठेक्कामा दिनु आवश्यकता नदेखिएको उनको भनाइ छ।
दशरथ रङ्गशालमामा अवस्थित पौडीपोखरीबाट यस वर्ष २३ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएका छौँ, पौडी पोखरीका प्रमुख बज्र केसीले भने। गत वर्ष करिब २० लाख रुपियाँ आम्दानी भएको थियो।
शनिबार सातदोबाटोमा पाँच सयभन्दा बढी र रङ्गशालामा करिब साढे चार सयजनाको हाराहारीमा प्ाौडी खेल्न आउने गरेको पनि सम्बन्धित पोखरीका प्रमुखले जनाएका छन्। यसैगरी, सातदोबाटो पौडीपोखरीका प्रमुख केशरी चित्रकारले बिहान १० बजेदेखि साँझ ३ बजेसम्म खुल्ने उक्त पौडीपोखरीलाई थप व्यवस्थित गर्दै खेलाडीलाई अम्यासका लागि थप सहज बनाइने बताइन्।
दुवै पौडीपोखरीमा पौडी खेल्नका लािग पुरुषले एक सय र महिलाले ९० रुपियाँ तिर्नुपर्ने हुन्छ।