काठमाडौँ, वैशाख १८ गते। राष्ट्रपति डा. रामवरण यादवसमक्ष विभिन्न विदेशी राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।
सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि थाइल्यान्ड अधिराज्यका राजदूत कान्थोङ युनाकुल, गणतन्त्र क्युवाका राजदूत अबेलार्दाे राफेल क्युटो सोसा र गणतन्त्र अजरबैजानका राजदूत इब्राहिम असाद ओग्लु हाफियेवले आˆनो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।
नेपालका लागि थाई राजदूत युनाकुल नेपालका आवासीय राजदूत हुनुहुन्छ भने क्युवा र अजरबैजानका राजदूत भने भारतको नयाँदिल्लीमा रहनुहुन्छ।
सो अवसरमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ, राष्ट्रपतिको कार्यालयका सचिव बामनप्रसाद न्यौपाने, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराईलगायतका उच्च पदस्थ कर्मचारी उपस्थित रहनुभएको परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।