अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
भेडा र चौँरी पनि पर्यटक आकर्षण गर्ने माध्यम
हिले समाचारदाता
 

डाँडागाउँ -धनकुटा), वैशाख २०गते। गाई, भैँसी, भेडा र चौरीको गोठलाई पनि पर्यटकीय विकास गर्न सकिन्छ भन्ने सङ्खुवासभा वाना निवासी तेजबहादुर ढकालले उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ।

धनकुटा र सङ्खुवासभाको सीमा क्षेत्रमा पर्ने डाँडागाउँ र तामाफोकमा रहेको घना जंगलको बीचमा पनोरमा होलिडे फार्म खोलेर उहाँले उदाहरणीय कार्यको सुरुवात गर्नुभएको हो। घना जंगल सुनसान परिस्थिति, यस्तो ठाँउमा को आएर बस्ला र जस्तो लाग्छ तर कोसी राजमार्गलाई छोडेर १५ मिनेट जतिको बायाँतर्फको उकालो अनि दस मिनेट जति तेर्सिएपछि पुगिन्छ एउटा अर्कै संसारमा पुगेझँै। मौसम्अनुसार बेलाबेला बाक्लो कुहिरोको घुम्टो ओढीरहने अनि सुनसान जंगलमा हाल निर्माणाधीन अवस्थामा रहेको छ फोर ˆलावरको पानोरमा होलिडे।

सङ्खुवासभा जिल्लाको तामाफोक गाउँ विकास समिति वडा नं ६ मा रहेको ठूलीटार वरपर रहेका गोठहरूको समूह बनाई त्यहाँ बनाउन लागिएको हो पानोरमा फार्म होलिडे। यसका लागि पर्नुभएको छ सङ्खुवासभा वाना गाउँ विकास समिति वडा नं ४ निवासी तेजबहादुर ढकाल।

नेपालमा कृषि पर्यटनको विकास गर्ने उद्देश्यले यहाँ पानोरमा होलिडे खोल्न लागिएको ढकाल बताउनुहुन्छ उहाँका अनुसार सबैसँग भएको गोठलाई प्रयोग गरेर एउटा बृहत् पर्यटकीय गन्तव्यस्थल बनाउन लागिएको बताउनुभयो।

करिब दुई हजार पाँच सय मिटरमा रहेको उक्त स्थानको खुल्ला ठाउँमा स्थानीयवासीले गाई, भैँसी पाल्नका लागि अस्थायीरूपमा गोठहरू बनाएर बस्ने गर्दछन्। मात्र वस्तुपालनका लागि उपयोग गरिने खर्क अनि जंगल भए पनि अग्लो ठाउँमा भएका कारण भौगोलिकरूपमा त्यस्ता ठाउँहरू निकै सुन्दर हुन्छन्। यद्यपि एकान्त अनि मानवीय चहलपहल कम भए पनि जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेझँै त्यस्ता ठाउँलाई पनि पर्यटकीय विकास गर्न सकिन्छ भन्ने उदाहरण पनि हो यो। यहाँ पर्यटकहरूले फार्मिङ्ग, घोडचढी, गल्फ, बोटिङ्ग, मेडीटेसन, कफी हाउस, तातो चिसो पानीको व्यवस्था, तालिम हललगायतका सुविधाहरू दिने उद्देश्यले यो पानोरमा होलिडेको स्थापना गर्न लागिएको कुरा ढकालले बताउनुभयो।

यो स्वरोजगारी अवधारणा हो र यसले भविष्यमा एक सयजनाले रोजगारी पाउने कुरा ढकाल बताउनुहुन्छ। यसैगरी तामाफोक ८ का दिलबहादुर श्रेष्ठका अनुसार बीसौँ वर्ष सरकारी नोकरी गरे पनि आफ्नै खेती किसानी र खेर गएको ठाउँको सदुपयोग गर्ने उद्देश्य मन परेका कारण आफू पनि यही पेसामा लागि परेको बताउनुहुन्छ।

"वास्तवमा नेपालमा गर्नसक्ने हो र केही उपाय लगाउने हो भने यहीँ छ जापान र अमेरिका " उहाँले भन्नुभयो। श्रेष्ठका अनुसार आफू लाइभस्टोक भेटनरियन भएको नाताले ढकालको अवधारणा उचित लागेर आफूले पनि सक्दो सहयोग गर्न थालेको उहाँले बताउनुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home