काठमाडौँ, वैशाख २१ गते। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रेस स्वतन्त्रताको पक्षमा आफू सधैँ दृढताका साथ उभिने प्रतिबद्धता जनाउनुभएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार दिनुभएको शुभकामना सन्देशमा सभापति कोइरालाले विश्वभरका लोकतान्त्रिक सङ्घर्षहरूमा सञ्चार क्षेत्रले खेलेको साहसिक र अग्र भूमिकाको उच्च सम्मान प्रकट गर्छ भन्नुभएको छ।
सभापति कोइरालाले भन्नुभएको छ, "स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ हो, आमनागरिकलाई सूचित गर्न र पारदर्शी समाज निर्माण गर्न स्वतन्त्र प्रेसको महìवपूर्ण भूमिका हुन्छ, अब बन्ने संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न म र मेरो पार्टी नेपाली काँग्रेस प्रतिबद्ध छ।''