|
काठमाडौँ, वैशाख २२ गते। नेकपा -एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले दलहरूबीच भएको पाँचबुँदे सहमतिले मुलुकमा शान्ति र संविधान निर्माणलाई सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ। उहाँले दलहरूबीचको सहमतिले केही समयदेखि अवरुद्ध समहतीय राजनीतिलाई पुनः थालनी गरेको टिप्पणी गर्नुभयो।
नेकपा -एमाले) काठमाडौँ क्षेत्र नं. ५ द्वारा शुक्रबार राजधानीमा आयोजित क्षेत्रीय प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो।
नेकपा -एमाले) का लागि सत्ताभन्दा मुलुकमा शान्ति र संविधानको निर्माण महìवपूर्ण रहेको बताउँदै नेता नेपालले एमालेकै इमानदारीपूर्ण सक्रियताकै कारण शान्ति र संविधान निर्माण अन्तिम चरणमा पुगेको दाबी गर्नुभयो।
नेकपा -एमाले) ले नै एमाओवादीलाई शान्तिप्रक्रियामा ल्याएको दाबी गर्दै पूर्वप्रम नेपालले एमाओवादीलाई शान्तिप्रक्रियामा ल्याएर एमालेलाई केही घाटा भए पनि समग्र मुलुकलाई फाइदा भएको टिप्पणी गर्नुभयो।
एमाले महासचिव ईश्वर पोखरेलले एमालेको अर्को नाम सन्तुलन रहेको बताउँदै भन्नुभयो, "एमाले एमाओवादी वा नेपाली काँग्रेसको
अडानको कुनै कित्तामा बस्न सक्दैन, आˆनै अडानमा बस्न चाहन्छ।"
"एमाले राष्ट्रिय राजनीतिको मियो -केन्द्र) बन्न चाहन्छ" एमाले महासचिव पोखरेलले भन्नुभयो, "नेपालमा सङ्घीयताको आˆनै मोडेल हुनेछ, विदेशी मोडेलमा नेपालमा सङ्घीयता लागू हुन सक्दैन।"
सोही पार्टीका स्थायी कमिटी सदस्य केपी शर्मार् ओलीले समृद्ध र लोकतान्त्रिक नेपालको वैज्ञानिक सिद्धान्त एमालेसँग मात्र रहेको दाबी गर्नुभयो। उहाँले एमाओवादी र नेपाली काँग्रेस परिस्थितिबश अन्ततः एमालेकै बाटोमा आउने दाबी गर्नुभयो।
एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेकै कारण मुलुकको राष्ट्रिय राजनीति अहिलेको अवस्थामा आउन सकेको दाबी गर्दै सो कुरा कार्यकर्ताले जनतासमक्ष लैजानुपर्ने सुझाव दिनुभयो। नेता ओलीले महिलामाथि हुने हरेक किसिमको विभेद र हिंसाविरुद्ध पार्टीले देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा सो पार्टीद्वारा चित्रकार शशीकला तिवारी, स्वास्थ्य सेविका -नर्स) अम्बिका प्याकुरेल थापा, समाजसेवी अष्टनारायण डङ्गोल र बाँसबारी क्लबलाई सम्मान गरिएको थियो।
|