अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
प्रदेश थप्न सकिने सङ्केत
गोरखापत्र समाचारदाता
 
काठमाडौँ, वैशाख २२ गते। सात प्रदेशको अडानमा रहेको नेपाली काँग्रेसले प्रदेशको सङ्ख्या थप्नका लागि सहमत हुने सङ्केत देखाएको छ। नेकाको संविधान सुझाव समितिको शुक्रबार बसेको बैठकमा अधिकांश नेताले प्रदेशको सङ्ख्यामा लचिलो हुन सुझाव दिएका थिए। बैठकपछि नेकाका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रदेशको सङ्ख्यामा लचिलो हुन सकिने बताउनुभयो। "हदसम्म लचिलो भएमा आठ प्रदेशसम्म जान सकिन्छ" उहाँले भन्नुभयो। बैठकमा भौगोलिक सुगमता, पहिचानको सामथ्र्यको सन्तुलन, जनसङ्ख्याको समानुपातिक वितरणलगायतका आधारमा राज्य पुनःसंरचना गर्नुपर्नेमा जोड दिइएको थियो। "ती आधारमा राज्य पुनःसंरचना गरिएमा शासकीय स्वरूपका बारेमा खुला छलफलमा जान सक्छौँ," उहाँले भन्नुभयो। बैठकमा व्यक्त गरिएको भनाइहरूका बारेमा जानकारी दिँदै उहाँले नेकाले एकल जातीय संरचनालाई आफूहरूले नस्वीकार्ने स्पष्ट गर्नुभयो। त्यस्तै, नेकाका अर्का केन्द्रीय सदस्य डा. नारायण खड्काले भन्नुभयो, "सात प्रदेशको प्रस्तावबाट सुरुआत गर्ने हो। त्योभन्दा लचिलो पनि हुन सकिन्छ।" उहाँले जातीय पहिचान, जनसङ्ख्याको वितरणलगायतका चार/पाँचवटा आधारमा प्रदेश निर्धारण हुनुपर्ने बताउनुभयो। "एकल जातीय नाम काँग्रेसलाई स्वीकार्य हुँदैन," उहाँले भन्नुभयो, "प्रदेशहरूको नामकरण तटस्थ नामका आधारमा गरिनुपर्दछ तर जातीय पहिचान आउनुपर्दछ।" उहाँले बैठकमा उदयपुर-सिन्धुलीलाई तराईबाट पहाडी प्रदेशमा राख्न सबै नेता सहमत भएको बताउनुभयो। केन्द्रीय सदस्य एनपी साउदले अखण्ड सुदूरपश्चिमका बारेमा सबैजना सहमत भएको बताउनुभयो। उहाँले काँग्रेसले प्रस्ताव गरेको प्रदेश नै उपयुक्त भएको बताउँदै भन्नुभयो, "नेपाली काँग्रेस सबै कुरामा लचिलो छ।"
 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home