|
सिरहा, वैशाख २२ गते। राष्ट्रपति डा. रामवरण यादवले राज्य सञ्चालनको विधि नै गलत रहेको हुनाले देश अगाडि बढ्न नसकेको दुःखेसो व्यक्त गर्नुभएको छ। सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालको शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. यादवले पटक-पटक राजनीतिक व्यवस्था परिवर्तन हुने तर कुनै व्यवस्थाभित्र पनि स्थायी सरकार हुन नसकेकाले देशको विकास हुन नसकेको बताउनुभयो।
'हाम्रो देश सुन्दर छ यो पर्यटकीय गन्तव्य हुन सक्छ, हाम्रो देशमा वीर गोर्खाली भनेर चिनिएका सेना छन् जसलाई सारा विश्वले पत्याएका छन्, हाम्रै देशमा पशुपति र बुद्धजस्ता धार्मिक आस्था बोकेका देवस्थल छन्', राष्ट्रपति यादवले भन्नुभयो "तर पनि किन हाम्रो देश अहिलेसम्म विकासको मामिलामा पिछडिएको छ।"
"पहिले राणा, महाराजा, त्यसपछि पञ्चायती व्यवस्था हुँदै देशले बहुदलीय व्यवस्था पायो। बहुदलमा पनि राजनीतिक दलहरू आपसमै पटक-पटक झगडा गर्न थाले", उहाँले भन्नुभयो, "त्यसपछिको द्वन्द्व र द्वन्द्वपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामा पनि राजनीतिक दलहरू आपसमा मिलेर काम गर्न सकेनन्।'
'संविधानसभाको पछिल्लो म्याद समाप्त हुनुभन्दा २५ दिन अगाडि बल्ल दलहरूबीच राष्ट्रिय सहमति भयो', राष्ट्रपति यादवले भन्नुभयो, 'यसका लागि राष्ट्रपतिको हैसियतले सबै दललाई म धन्यवाद दिन चाहन्छु।"
उहाँले बाँकी अवधिमा संविधानमा नमिलेका सबै विषयको विवाद मिलाई समयमै संविधान निर्माण गर्न आग्रह गर्दै देशमा विकासको प्रक्रिया अगाडि बढाउन सबै दललाई सुझाव दिनुभयो।
२०६१ सालमा स्थापना भएको फूलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सञ्चालित १२ शय्या भएको फूलकुमारी महतो मेमोरियल अस्पताल डा. उपेन्द्र महतोको परिवारको डेढ विगाहा पैतृक जग्गामा १८ करोडको लागतमा निर्माण भएको हो।
ट्रष्टका अध्यक्ष तथा समाजसेवी एवं उद्योगपति डा. उपेन्द्र महतोले सो अस्पतालले उक्त क्षेत्रका सबै बिरामीलाई सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। अस्पतालमा सबै किसिमका स्वास्थ्य सेवाको आवश्यकतालाई पहिचान गर्नेगरी आधुनिक सुविधासम्पन्न ल्याब, एक्स-रे, अल्ट्रासाउन्ड, अपरेसन थिएटरका साथै तीनजना वरिष्ठ चिकित्सक रहने बताइएको छ।
सिरहाको बस्तीपुर चोकदेखि दुई किलोमिटर दक्षिणमा पर्ने कर्जन्हास्थित सो अस्पतालको शिलान्यास २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नुभएको थियो।
यसैगरी, जनकपुरबाट हाम्रा समाचारदाता नवलकिशोर यादव, धर्मेन्द्र झा र श्रीनारायण शाहले पठाउनुभएको समाचारमा राष्ट्रपति डा. रामवरण यादवले पछिल्लो समयमा राजनीतिक दलहरूबीच भएको पाँचबुँदे सहमतिका कारण शान्तिप्रक्रिया र संविधान निर्माण कार्यमा शुभसङ्केत देखिएको बताउनुभएको छ।
जनकपुरधाममा रहेको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको शतवाषिर्क कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले भन्नुभयो, 'राजनीतिक दलहरू गम्भीर देखिएकाले समयमै सङ्घीय गणतान्त्रिक संविधान आउने कुरामा म विश्वस्त छु।'
पाँचजनाको ज्यान जाने गरी सोमबार जनकपुरमा भएको बम विस्फोटको घटनाको घोर निन्दा गर्दै उहाँले भन्नुभयो- "शान्तिपूर्ण तरिकाले धर्नामा बसेका व्यtmिहरूमाथि आक्रमण गर्नु जघन्य अपराध होे यस घटनाको जतिसुकै निन्दा गरे पनि कम हुन्छ।" हत्या, हिंसाको बाटो अँगालेकालाई उहाँले कर्ममा विश्वास गर्न आग्रह गर्दै भन्नुभयो, "शान्तिको बाटोबाट मात्रै राजनीतिक लक्ष्य प्राप्त गर्न सकिन्छ। मैले भैँसी चराउँदा पनि मेरो भैँसीले सबभन्दा बढी दूध दिन्थ्यो। |