अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
एमाले बैठक पुनः आज बस्ने
 
काठमाडौँ, वैशाख २२ गते। राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको पाँचबुँदे सहमतिपछि दलहरूले सरकारमा प्रतिनिधित्व गर्ने विषयलाई लिएर आन्तरिक छलफल तीव्र पारेका छन्। बिहीबार अबेर राति भएको पाँचबुँदे सहमति अनुसार राष्ट्रिय सरकार गठनका लागि नेकपा एमालेको शुक्रबार मदननगर बल्खुमा बसेको केन्द्रीय कमिटीको बैठक ठोस निर्णयबिना नै टुङ्गिएको छ। बैठकमा पाँचबुँदे सहमति र राष्ट्रिय सरकारमा कसले नेतृत्व गर्ने भन्नेबारेमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको बैठकपछि पार्टी सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो। उहाँले बैठकमा आ-आफ्ना धारणा राख्ने नेताहरूले पाँचबुँदे सहमतिको प्रक्रिया र सरकारमा सहभागी हुने विषयलाई जोड दिएका बताउनुभयो। उहाँका अनुसार कतिपय नेताले डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति अस्वाभाविक भएको बताएका थिए। बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले प्रमुख तीन दलसहित मधेसी मोर्चाको बैठकमा बिहीबार राति भएको पाँचबुँदे सहमतिबारे विस्तृत जानकारी गराउनुभएको थियो। अध्यक्ष खनालले दिनुभएको जानकारी र राष्ट्रिय सहमतीय सरकारका विषयमा भनाइ राख्ने केन्द्रीय कमिटी सदस्यहरू बाँकी रहेकाले शनिबार बिहान ११ बजे पुनः बैठक बस्ने भएको छ। रासस
 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home