पुने, वैशाख २२ गते। लासिथ मालिङ्गा र कप्तान हरभजन सिंहले मिलेर महìवपूर्ण चार विकेट आउट गरेपछि इन्डियन पि्रमियर लिगमा बिहीबार राति पुने वारियर्सलई एक रनले हराएको छ।
मालिङ्गाले २५ रनमा दुई र हरभजनले १८ रनमा दुई ब्याट्सम्यानलाई आउट गरेपछि १२१ रनको सामान्य लक्ष्य पछ्याएको पुनेले छ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो। मालिङ्गा र हरभजन दुवैले लगातार ओभरमा विकेट लिएपछि पुने समस्यामा परेको थियो। मुम्बईले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १२० रन बनाएको थियो।
पुनेको पालीमा मिथुन मिन्हास ४२ रन बनाएर आउट भएनन्। पुनेलाई खेल जित्न अन्तिम दुई बलमा आठ रन आवश्यक थियो। मुनाफ पटेलको सो ओभरमा पुछारका ब्याट्सम्यान भुवनेश्वर कुमारले छ रन मात्र जोड्न सके। यसअघिको खेलमा मुम्बईलाई २८ रनले हराउने पुने आज पनि जिततर्फ अग्रसर थियो तर हरभजनले जेसी राइडर र अस्ट्रेलियाली टेस्ट कप्तान माइकल क्लार्क -१४ रन)ले आउट गरी खेलमा ठूलो उलटपुलट गरे।
यसअघि, रोविन उथप्पा -१८ रन) र स्टेभन स्मिथ -२ रन) पनि असफल भएपछि पुनेले दस ओभरमा चार विकेटको क्षतिमा ४७ रन बनाएको थियो। मन्हास र सौरव गाङ्गुली -१६ रन)ले पाँचौँ विकेटका लागि ४७ रनको महìवपूर्ण साझेदारी गरेपछि खेल पुनेको जितको सम्भावना देखिएको थियो।
तर मालिङ्गाले गाङ्गुली र वायने पर्नेललाई लगातार ओभरमा आउट गरी पुनेको नियन्त्रणलाई समाप्त पारे।
यसअघि, बायाँहाते स्वीङ बलर आसिस नेहरा र भुवनेश्वर कुमारको बलिङले मुम्बई राम्रो सुरुवात पाएर पनि धरासयी भएको थियो। सचिन तेन्दुलकर -३४ रन) र जेम्स प|mान्कलिन -२५ रन)ले पहिलो विकेटका लागि ५० रनको सुरुवात मुम्बईलाई दिलाएका थिए। एक समय मुम्बई १२औँ ओभरमा दुई विकेटको क्षतिमा ८१ रन बनाएर आरामदायक स्थितिमा थियो तर तेन्दुलकर आउट भएपछि मुम्बईले लय गुमायो।
मुम्बईको पालिमा भुवनेश्वरले नौ रनमा र नेहराले १९ रनमा समान दुई/दुई विकेट लिए। यस नतिजासँगै मुम्बई दस खेलमध्ये छमा जित हासिल गरी तेस्रो स्थानमा उक्लेको छ। ११ खेलमा चार जित र सात हारको प्रदर्शन गर्ने पुने अन्तिमबाट दोस्रो स्थानमा छ। एपी