अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
सूचना प्रवाहमा गोरखापत्रको ठूलो गुन
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख २४ गते। सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले गोरखापत्रले नेपाली जनतालाई सही सूचना प्रवाह गरेर धेरै ठूलो गुन लगाइरहेको बताउनुभएको छ। उहाँले गोरखापत्रलाई निजीक्षेत्रका अन्य पत्रिकाहरूसँग थप प्रतिस्पर्धी बनाउन सरकारले सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै गोरखापत्रले भोग्नुपरेका चुनौतीलाई पार लगाएर यसलाई समावेशी नयाँ नेपालको योग्य पत्रिकाका रूपमा स्थापित गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

फोरम गणतान्त्रिकका कावा अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले अहिले राष्ट्र निर्माणको क्रम रहेकाले राज्य पुनःसंरचना गर्दा गोरखापत्रको प्रकाशन गृहका रूपमा रहेको गोरखापत्र संस्थानलाई पनि पुनःसंरचना गरेर समयसापेक्ष बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। गोरखापत्र प्रकाशनको ११२औँ वर्ष प्रवेश तथा संस्थान स्थापनाको स्वर्ण महोत्सवको उपलक्ष्यमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री यादवले सो कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो, "नयाँ समावेशी नेपालमा गोरखापत्रले के योगदान गर्न सक्छ, त्यसतर्फ गोरखापत्रका सबैको ध्यान जाओस्, सरकार तपाईंहरूका समस्या समाधान गर्न तयार छ।"

सूचना तथा सञ्चारमन्त्रीले हाल गोरखापत्र संस्थानले सरकारबाट नियमित बजेट नपाइरहेको आफूलाई जानकारी भएको उल्लेख गर्दै अन्य सरकारी सञ्चारमाध्यमलाई जस्तै गोरखापत्रलाई पनि नियमित बजेट दिलाउन आफूले प्रयास थाल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

मन्त्री यादवले सरकारी संस्थानहरू दिन-प्रतिदिन कमजोर भइरहेकोप्रति कर्मचारीहरूसमेत सजग रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव लक्ष्मणकुमार पोखरेलले सरकारी सञ्चारमाध्यमहरूको अवस्थाप्रति मन्त्रालय जानकार रहेकाले नयाँ सञ्चार नीति तयार गर्दा त्यसमा सरकारी सञ्चारमाध्यमहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट नीति समावेश गरिने बताउनुभयो।

उहाँले सरकारी सञ्चारमाध्यमहरूलाई व्यावसायिक स्वतन्त्रतासहित आर्थिक रूपमा सवल बनाउनुपर्ने धारणा व्यक्त गर्दै आगामी वर्षदेखि गोरखापत्रलाई बजेटको व्यवस्था गर्ने विषयमा राष्ट्रिय योजना आयोगमा छलफल भइरहेको जानकारी पनि दिनुभयो।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष रामकिशोर सिंहले सरकारले सहयोग गरेमा मात्र गोरखापत्र प्रतिस्पर्धामा बाँच्न सक्छ भन्दै गोरखापत्रलाई प्रतिस्पर्धी बनाएर उत्कृष्ट बनाउन आफूले प्रयास गरिरहेको बताउनुभयो।

उहाँले गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन क्षेत्रीय प्रकाशनहरूको आवश्यकता बोध गरी पूर्वाञ्चलमा क्षेत्रीय प्रकाशनको तयारी निकै अघि बढेको र अन्य चारवटै क्षेत्रमा क्षेत्रीय प्रकाशन गर्ने लक्ष्य रहेको बताउनुभयो।

गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक कपिल घिमिरेले संस्थान निकै कठिन अवस्थाबाट गुजि्ररहेको चर्चा गर्दै सरकारबाट अनुदानको माग गर्नुभयो।

गोरखापत्र दैनिकका प्रधानसम्पादक सीताराम अग्रहरिले गोरखापत्र राष्ट्रको धरोहर भएकाले यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले गोरखापत्रलाई सरकारी मुखपत्र भनिए पनि यो आˆनै बाहुबलमा बाँचिरहेको स्पष्ट गर्दै अबको दुई वर्षमा ७०-७५ जना कर्मचारी सेवानिवृत्त हुने हुँदा दिनुपर्ने रकमको जोहो सरकारले नगरे यसको अस्तित्व नै सङ्कटमा पर्न सक्ने बताउनुभयो।

प्रधानसम्पादक अग्रहरिले मन्त्री तथा सचिवको ध्यानाकर्षण गराउँदै थप्नुभयो, 'तपाईंहरूको सानो प्रयासले गोरखापत्रको धेरै ठूलो कल्याण हुनसक्छ, हामीलाई नियमित बजेटको व्यवस्था गरिदिनुस् अनि सरकारी विज्ञापन कम्तीमा एकपटक गोरखापत्रमा प्रकाशित गर्ने व्यवस्था मिलाइदिनुस्।'

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री यादवले गोरखापत्र

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home