अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
नेपालको लगातार दोस्रो जित
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख २४ गते। दीपेन्द्र चन्द र नुरध्वज सेनको शतकीय साझेदारीको मद्दतले एसीसी यू-१६ इलाइट कप क्रिकेट प्रतियोगितामा नेपालले आइतबार बहराइनलाई आठ विकेटले हराएको छ।

एजेन्सीले जनाएअनुसार कनेरिया ओवल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बहराइन ३९.५ ओभरमा १४१ रनमै समेटिएको थियो। दीपेन्द्र र नुरध्वज चम्कँदा नेपालले २१.२ ओभरमा दुई विकेटको नोक्सानीमा १४२ रन बनाएर लक्ष्य हासिल गर्‍यो।

नेपाली युवा टिमको यो लगातार दोस्रो जित हो। समूह बी मा नेपालसहित आयोजक मलेसियाले पनि समान दुई जित नै हात पारेको छ। कप्तान दीपेन्द्रले ७५ रन बनाए। एसीसी यू-१६ इतिहासमा नेपालका लागि दीपेन्द्रले दोस्रो सर्वाधिक स्कोर गरेका हुन्। सन् २०१० मा नेपालले आयोजना गरेको पहिलो संस्करणमा निश्चल पाण्डेले बहराइनविरुद्ध नै ७५ रनकै पाली खेलेका थिए।

दीपेन्द्रले ६९ बलको सामना गर्दै १२ चौका ठोके। नुरुध्वजले ५७ बलमा ४१ रनको संयमित पाली खेले। नुरुध्वजको पालीमा छ चौका सामेल थियो यी दुवै ब्याट्सम्यानले पहिलो विकेटका लागि उत्कृष्ट १३८ रनको साझेदारी निर्वाह गरेका थिए। जुन एसीसी यू-१६ मा पहिलो विकेटका लागि नेपालको कीर्तिमान साझेदारी पनि हो। यी दुईको साझेदारी तोड्न बहराइनका कप्तान नौ बलर प्रयोग गर्न बाध्य भएका थिए।

कुवेतविरुद्ध सर्वाधिक रन बनाएका नुरुध्वज लली लालबाट क्लिन बोल्ड भएपछि नेपालको पहिलो विकेट निस्केको थियो। जुनबेला नेपाललाई खेल जित्न मात्र चार रन आवश्यक थियो। त्यसपछि दीपेन्द्रको पाली पनि २१.१ औँ ओभरमा विकेट पछाडि क्याच आउट भई सकियो।

यसअघि, आकास विष्टले भरथ श्रीवास्तव -९) लाई आउट गरेपछि नेपालले पहिलो सफलता प्राप्त गरेको थियो। बहराइनले नेपाली स्पिनर तथा तेज बलिङ आक्रमणको सामना उच्च मनोबलमा गर्न सकेन। आकाशले ७.५ ओभरमा दुई मेडन, १४ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यसैगरी, कालिचरण यादव र रुपेश वास्तोलाले दुई/दुई विकेट हात पारे।

नेपाली टिमका प्रशिक्षक मञ्जुर आलम खानले जितपछि मलेसियाविरुद्धको खेलअघि मानसिकरूपमा बलियो हुन बहराइनविरुद्ध आवश्यक ठूलो अन्तरको जित प्राप्त भएको प्रतिक्रिया दिए। विपक्षी टिमका प्रशिक्षक अमिर बसिनले नेपाली टोलीमा अलराउन्ड क्षमता भएको प्रतिक्रिया दिए।

कुशल घाइते

बहराइनविरुद्धको खेल अगाडि अभ्यास सत्रमा कुशल भुर्टेल घाइते भएका छन्। भरपर्दा ब्याट्सम्यान कुशल घाइते भएपछि अन्तिम समयमा रविनकुमार गुप्तालाई मैदानमा उतारिएको थियो। कुशलको काँधमा चोट लागेको छ।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home