अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
डिलिभयर्सको ब्याटिङमा बेङ्गलोरको जित
 

नयाँदिल्ली, वैशाख २५ गते। दक्षिण अपि|mकाका एबी डिभिलियर्सले अन्तिम समयमा गरेको शानदार ब्याटिङको सहयोगमा आइतवार राति इन्डियन पि्रमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्गलोरले डेकन चार्जर्सलाई पाँच विकेटले पराजित गरेको छ।

प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले अविजित ७३ रन बनाएपछि अङ्क तालिकामा सबभन्दा पुछारमा रहेको डेकन चार्जर्सले दुई विकेटको क्षतिमा १८१ रनको विशाल योगफल तयार पारेको यिथो तर डिभिलियर्सले १७ बलमा अविजित ४७ रन बनाएपछि बेङ्गलोरले लक्ष्य छ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १८५ रन बनाई हासिल गर्‍यो।

विश्वका नम्बर एक बलर डेल स्टेनको अन्तिम ओभरमा डिभिलियर्सले २३ रन बटुलेका थिए। डिभिलियर्सले पाँच चौका र तीन छक्का प्रहार गरे। श्रीलङ्काका तिलकरत्ने डिल्सले पनि ७१ रन बनाए। क्रिस गेल २६ रनमा आउट भए। यी दुईले पहिलो विकेटका लागि ९१ रनको साझेदारी निर्वाह गरे पनि खेलमा डेकनको पकड बलियो थियो तर अन्तिम तीन ओभरमा आवश्यक ३९ रन डिभिलियर्सले अन्तिम ओभर बाँकी छँदै जुटाएर डेकनलाई निराश पारे।

यस जितसँगै बेङ्गलोरको प्लेअफ खेल्ने सम्भावना जीवित भएको छ। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home