अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
राजस्थानको सहज विजय
 
नयाँ दिल्ली, वैशाख २६ गते। शेन वाट्सनले अविजित अर्धशतकीय पालि खेलेपछि इन्डियन पि्रमियर लिगमा राजस्थान रोयल्सले पुने वारियर्सलाई सात विकेटले हराएको छ। पुने वारियर्सले घरेलु मैदानमा छ विकेटको क्षतिमा बनाएको १२५ रनको जवाफ राजस्थानले १६.२ ओभरमा नै दिएको थियो। वाट्सनले अविजित ९० रनको पालि खेले। उनले ५१ बलको सामना गर्दै दस चौका र चार छक्का प्रहार गरे। यसअघि उनले किफायती बलिङ पनि गरेका थिए। यसैगरी, न्युजिल्यान्डका ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले अर्धशतकीय पालि खेलेर पछि कोलकाता नाइट राइडर्स सोमबार राति देल्ली डेयरडेभिल्सलाई छ विकेटले हराएर शीर्ष स्थानमा उक्लेको थियो। म्याकुलमले ४४ बलमा ५६ रन बनाएपछि कोलकाताले १८.४ ओभरमा चार विकेटको क्षतिमा १५४ रन बनाई जित हासिल गर्‍यो। यसअघि, देल्लीले पहिलो ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। नाइट राइडर्स १२ मध्ये आठ खेल जितेर सबभन्दा अगाडि छ। देल्ली दोस्रो स्थानमा झरेको छ।
 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home