अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
चेन्नईको प्लेअफ खेल्ने सम्भावना कायम
 

नयाँदिल्ली, वैशाख २९ गते। गत विजेता चेन्नई सुपर किङ्सले बिहीबार राति राजस्थान रोयल्सलाई चार विकेटले हराएर इन्डियन पि्रमियर लिगको प्लेअफ खेल्ने सम्भावनालाई कायम राखेको छ।

जयपुरमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले छ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सकेको थियो। चेन्नईका अस्ट्रेलियाली तेज बलर बेन हिल्फेन हाउसले चार ओभरमा आठ रन खर्ची दुई विकेट लिएपछि राजस्थानको पालि राम्रो हुन सकेन। हिल्फेन हाउसले राहुल द्रविड र शेन वाट्सनको महìवपूर्ण विकेट लिएका थिए।

उपाधि हृयाटि्रकको अभियानमा रहेको चेन्नईले साधारण लक्ष्य सहजै हासिल भने गर्न सकेन। लक्ष्य पछ्याउने क्रममा चेन्नईले १७औँ ओभरसम्म पुग्दा ८८ रनमा छ विकेट गुमाइसकेको थियो तर दक्षिण अपि|mकाका अलराउन्डर एल्बी मोर्केल र अनिरुद्ध श्रीकान्थ दुवैले छ/छ बलको सामना गरी समान १८/१८ रन बनाएपछि चेन्नईले ११ बल बाँकी छँदै जित हािसल गर्‍यो। दुवैले समान एक छक्का र दुई चौका प्रहार गरे।

यस जितसँगै चेन्नई चौथो स्थानमा उक्लेको छ। चेन्नईले १३ खेलमा छ जित, छ हार र एक बिना नतिजामा खेलेको छ। राजस्थान छ जित र सात हारको प्रदर्शनमा छैटौँ स्थानमा छ। देल्ली डेयरडेभिल्स शीर्ष स्थानमा रहेको छ। एजेन्सी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home