अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
दुव्र्यसन समाजको उपज
 

दुव्र्यसन समाजको उपज हो तर समाजबाटै दुव्र्यसनीहरू अवहेलित हुन्छन्। यदि एउटा मानिस समाजमा नबसेको भए अथवा समाजलाई उसको आदतले असर नगर्ने भए दुव्र्यसनका बारेमा चिन्ता गर्नुपर्दैनथ्यो। जब मानिस प्राचीन बर्बर युगमा थियो उसका क्रियाकलाप वा अन्तरक्रियाले मानव समाजमा नकारात्मक प्रभाव पार्दैनथ्यो त्यतिखेर समाजमा दुव्र्यसनको समस्या थिएन। त्यसैले वर्तमान समाजमा दुव्र्यसनको प्रयोग गरेर गरिने होहल्ल्ाा एउटा समस्या हो, जबकि होहल्लापूर्ण प्राचीन यायावर शिकारी युगमा होहल्ल्ाा मानवजीवनकै संस्कृति भएकाले दुव्र्यसन पनि समस्या थिएन। अर्थात् अहिलेका दुव्र्यसनहरू त्यतिखेर व्यसन थिए र समस्या थिएनन्। हामीहरू मानव हौं। समाजमा बस्दछौं। हाम्रो आनीबानीहरू समाजअनुकूल भएनन्, अनुशासित भएन र मर्यादित भएनन् भने ती सबै दुव्र्यवहार हुन्। दुव्र्यसन त्यसैले दुव्र्यवहार पनि हो। दुव्र्यसनको सुरुवात परिवार र समाजबाटै हुन्छ। समाजको बृहद् र जटिल पाठशालामा मानिसले सद्व्यवहार र सद्आहार मात्र पढ्न सक्दथ्यो भने, वर्तमान राज्यहरूले दण्डसंहिता वा कानुन बनाउनु पर्दैनथ्यो। त्यसैले दुव्र्यसनको उपचारका लागि परिवारलाई नै केन्दमा राख्नुपर्दछ। बाबुले "आनन्दका लागि" खाने चुरोट उसका नानीहरूका लागि दुव्यर्सनको पहिलो पाठशाला हुन सक्दछ। ऊ बाबुको व्यवहारबाट सिक्दै र्फकनै नमिल्ने गरी दुव्र्यसनको भासमा भासिन्छ तर हाम्रो समाज दुव्र्यसनी छोरालाई अपमान गर्दछ र थप पीडित गर्दछ। बाबुलाई होइन छोरालाई मात्र समस्या देख्ने एकलबाटे प्रवृत्तिमा सुधार गर्नैपर्दछ।

वर्तमान युगले हामीलाई एक हातमा विकास र अर्को हातमा विनाशको परिणाम थेगाएकाले विकासका कतिपय परिणामको दुरूपयोग गरिँदा ती दुव्र्यसन बन्न पुग्दछन्। त्यसैले कति परिश्रम गरेर दम रोगीलाई राहत मिल्ले गरी विकास गरिएको फेन्सिडिल कसैका लागि औषधी र कसैका लागि दुव्र्यसन बन्न पुगेको छ। विकासलाई कसरी सदुपयोग वा दुरूपयोग गर्ने भन्ने चेतनामा व्यसन र दुव्र्यसनको परिभाषा खोज्न सकिन्छ। परिवारबाट सुरुभए पनि दुव्र्यसन समुदाय र राष्ट्रकै समस्या हो। व्यक्तिगत रूपमा यस्तो आदतबाट जोसुकै आहत भएपनि त्यसबाट उत्पन्न हुने परिणामले राष्ट्रलाई नै नोक्सान पुर्‍याउँछ। राष्ट्रले भोकमरी लागेको क्षेत्रमा अन्न पुर्‍याउनुभन्दा दुव्र्यसनीहरूलाई औषधीमा बढी दाम खर्चनु पर्ने विडम्बना आयोभने यहाँ व्यक्ति एकजनाभन्दा राज्यलाई दुव्र्यसनको मूल्य महङ्गो पर्न सक्दछ। परिवारबाटै आहार विहारदेखि सद्गुण कायम गर्न सक्ने हो भने यस्ता समस्यामा विजय पाउन सकिन्छ। मूलतः दुव्र्यसनमा फस्न नदिनु नै पहिलो सत्प्रयास हुनुपर्छ। यसका लागि जनचेतना, मदिरा चुरोट, संवेदनशील औषधीजस्ता बस्तु विक्रीमा मापदण्ड निर्धारण गरेर दुव्र्यसनलाई दूर गर्न सकिन्छ। दूध र सागभन्दा सहजसँग फेन्सिडिल र रक्सी किन्न पाउने भएपछि दुव्र्यसन रोक्न सकिदैन, जसरी टेकु दोभानमा बाँध हालेर बागमती थुन्न सकियोस्। त्यसैले भनिरहनु पर्दैन, दुव्र्यसन न्यूनीकरणका लागि परिवार पहिलो जिम्मेबार सरोकारबाला हो भने समाज र राष्ट्र पनि उत्तिकै जिम्मेबार छन्। दुव्र्यसनमा फसिसकेकालाई सरापेर वा दया देखाएर मात्र यस्ता समस्या समाधान गर्न सकिँदैन। उनीहरूलाई समाजमा पुनःस्र्थापना गराउन पहिले संरक्षणात्मक उपचार गरिनु पर्दछ। त्यसका लागि कुलत छुटाउनु आवश्यक हुन्छ। कुलतमा लाग्नुका कारण र परिणामको खोजी यस चरणमा महत्वपूर्ण मानिन सक्छन्। त्यसपछि भनेको उनीहरूलाई समाजमा पुनःस्र्थापना गराउनु हो। हामीकहाँ दुव्र्यसन त्यागिसकेकालाई पनि घृणाले हेर्ने खोटो प्रवृत्ति अझै हटिसकेको छैन। कुनै कालखण्डमा कुनै कारणले गरिएको यस्तो आदतबाट कोही मुक्त हुन खोज्दछ वा मुक्त भएको छ भने उसलाई ससम्मान समाजमा रहने वातावरण दिन सकिएन भने यस्ता आदतीलाई सुमार्गमा आउन प्रेरणा दिन सकिँदैन। परिवारबाट सुरु भई समाजमा झाँगिने यस्ता समस्याको निराकरणमा समवेत प्रयासलाई एकाकार गर्न सकियो भने आगामी दिनमा यस्ता

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home