काठमाडौँ, वैशाख ३१ गते। नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ओन्तारियो क्रिकेट क्लबबाट व्यावसायिक क्रिकेट खेल्न सोमबार क्यानाडा प्रस्थान गर्दैछन्। पारसको क्लब एपीएफले आइतबार उनलाई क्यानाडामा सफल खेल जीवनका लागि शुभकामनासहित बिदाई गरेको छ।
नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसनायकेको पहलमा क्यानाडाको क्लबमा आबद्ध भएका हुन्। उनले प्रशिक्षकसँगै एपीएफलाई पनि यसको जस दिए। नेपालमा व्यावसायिक क्रिकेटको सुरुवात गर्ने एपीएफ नै हो, यहाँ आबद्ध भएपछि लगातार क्रिकेट खेल्ने मौका जुर्यो र मैले आप\mनो क्रिकेट क्षमता विकास गर्ने मौका पाएँ। पारसले क्यानाडाको क्रिकेट लिगमा करिब चार महिना खेल्ने छन्। युएईमा हुने एसीसी ट्रफीमा खेल्न उनी सेप्टेम्बरको तेस्रो हप्ता नेपाल र्फकनेछन्।
यो मेरो लागि ठूलो अवसर हो, मैले राम्रो प्रदर्शन गरेँ भने अन्यले पनि मौका पाउनेछन्, क्यानाडामा क्रिकेटको स्तर नेपालको भन्दा मािथ छ, त्यसैले त्यहाँ खेल्दा फाइदा नै हुनेछ, पारसले बताए। क्यानाडामा शनिबार र आइतबार दुई दिन क्रिकेट लिग हुने गर्दछ। दुई दिनअगाडि जान पाएको भए, ब्रायन लाराजस्ता खेलाडीविरुद्ध खेल्ने मौका पाउने थिएँ, हिजो मात्र यी खेलाडीले ओन्तारियोसँग मैत्री क्रिकेट खेलेको थाहा पाएँ, पारसले चुक्चुकाउँदै भने।
ओन्तारियो क्रिकेट क्लब र पारसबीचको सम्झौता खुलाइएको छैन। पारससहित ओन्तारिया क्रिकेट क्लबमा श्रीलङ्काली तथा भारतीय खेलाडीले पनि 'ओभरसिज क्रिकेटर'का रूपमा खेल्नेछन्।
एसएमको ब्रान्ड एम्बेसडर
पारसको बिदाई कार्यक्रममा भारतको एसएम कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता आरएनबीले पारसलाई एमएमको ब्रान्ड एम्बेसडरमा पनि नियुक्त गरेको छ।
ब्रान्ड एम्बेसडर भएबापत आरएनबीले पारसलाई एक लाख रुपियाँ बराबर मूल्यको दुईसेट क्रिकेट सामग्री प्रदान गर्नेछ। नेपाली क्रिकेटलाई कम्पनीले प्रायोजन गरेको यो दोस्रोपटक हो। यसअघि, रिबोकले पनि पाँच खेलाडीलाई प्रायोजन गरिसकेको छ।
नेपाली यु-१९ टोलीका पूर्वखेलाडी तथा आरएनबीका अध्यक्ष राज श्रेष्ठले पारस नेपाल राष्ट्रिय टिमको कप्तान मात्र नभई 'ग्लामरस' व्यक्तित्व पनि भएकोले उनलाई ब्रान्ड एम्बेसडर बनाएको जानकारी दिए। यसअघि, पारस युएफओको विज्ञापनमा पनि छाइसकेका छन्।