अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
विमान दुर्घटनामा पन्ध्रजनाको मृत्यु
सिन्जोग, रमेश, एकराज, चन्द्रश्वर
 

काठमाडौँ, जेठ १ गते। पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान सोमबार जोमसोम विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

चालकदलका तीनजनासहित १८ जना यात्रु लिएर पोखराबाट उडान भरेको अग्नि एयरको ९ एन एआईजी-डी २२८ विमान जोमसोम विमानस्थल नजिकैको टङ्की डाँडामा बिहान ९ः५० बजे ठोक्किएर दुर्घटना भएको थियो। अवतरणको तयारी अवस्थामा पुग्दा भएको सो दुर्घटनामा चालकदलका दुईजना र १३ जना यात्रुको निधन भएको छ। चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो।

जीवितै उद्धार गरिएकाहरूलाई पोखरा ल्याएर मणिपाल अस्पतालमा उपचार गरिएको छ। तीमध्ये डेनमार्कका ३० वषर्ीय रसेल आन्द्रेस र २९ वषर्ीया टी इमेली, भारतीय बालक तिरुमाला किदाम्बी श्रीभर्दिनी र मास्टर तिरुमाला किदाम्बी श्रीपाडा तथा विमान परिचारिका नेपालकी रोशनी हायेजू उपचारपछि अस्पतालबाट र्फकने क्रममा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सघन उपचारका क्रममा रहनुभएका भारतीय नागरिक तिरुमाला किदाम्बी श्रीनाथको अवस्था पनि खतरामुक्त रहेको बताइएको छ।

दुर्घटनामा परी विमानका क्याप्टेन प्रभुशरण पाठक र सहचालक सुमन डङ्गोल महर्जनको निधन भएको छ। निधन भएका सबै व्यक्तिको शव पोस्टमार्टमका लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, काठमाडौँ ल्याइएको छ।

विमानमा सवार यात्रुमा १६ जना भारतका र दुई जना डेनमार्कका थिए। तीमध्ये १३ जना भारतीयको मृत्यु भएको छ। जोमसोम विमानस्थलबाट करिब एक नटिकल माइल टाढा विमान दुर्घटना भएको जानकारी प्राधिकरणले दिएको छ। बाँच्न सफल यात्रु डेनमार्कका आन्द्रेसले पोखरा विमानस्थलमा आएपछि प्रतिक्रिया दिँदै भन्नुभयो, "विमान दुर्घटनामा परे पनि बाँच्न सफल हामी भाग्यमानी रहेछौँ, धन्य छ भगवान्लाई।" सामान्य चोट लागेका आन्द्रेस ठमठम्ती हिँडिरहनुभएको थियो।

उहाँले भन्नुभयो, "देब्रेतिरको पङ्खा ठोक्कियो, त्यसपछि के भयो थाहै भएन। विमान ठोक्किएपछि आफैँ बाहिर आएर गुहार मागेँ, तत्कालै सेना र प्रहरी आए, आफूलाई भाग्यमानी सम्भिmएँ, दुःख पनि लाग्यो।"

घटनामा धेरैजसो श्रीमान्श्रीमती नै परेका छन्। मुक्तिनाथ दर्शनका लागि आएका आˆना साथीहरू गुमाउँदा पोखरा विमानस्थलमा भारतीय पर्यटकसमेत भावविभोर भएर बसेका छन्। मृत्यु हुनेमा धेरैजसो भारतको तामिलनाडु राज्यका रहेका छन्।

ˆलाइट कनेक्सन ट्राभलद्वारा बुक गरिएको सो विमानमा अग्नि एयरले सोमबारमात्र १४ ˆलाइटसम्म गर्ने लक्ष्य लिएको थियो। हिजो मौसम बिगि्रएकाले नौजना भारतीय पर्यटक उक्त जहाजमा सोमबार सारिएका थिए भने अन्य यात्रुलाई पनि यसरी नै राखिएको थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home