अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
लिसानेविच स्मृति टेनिस हुने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ १ गते। बोरिस लिसानेविचको स्मृतिमा प्रथम जुनियर ओपन टेनिस प्रतियोगिता जेठ २१ गतेदेखि हुने भएको छ।

लिसानेविच परिवारले आयोजना गर्न लागेको प्रतियोगिता ललितपुरको सातदोबाटोमा एक हप्ता चल्नेछ। प्रतियोगितामा यु-१०, यु-१२ , यु-१४, यु-१६ र यु-१८ गरि पाँच विधामा प्रतिस्पर्धा हुने जानकारी आइतबार पत्रकार सम्मलेनमा दिइएको छ। २५० खेलाडीले सहभागिता जनाउने अपेक्षा आयोजकले लिएको छ। प्रतियोगिताका लागि दुई लाख रुपियाँ खर्च हुने बताइएको छ।

बुबाको नामबाट अन्य केही कार्यक्रम गर्न सक्थे तर मेरो परिवार नेपाली टेनिसमा समर्पित भएकाले हामीले टेनिस प्रतियोगिता गर्ने जमर्को गर्‍यौँ, बोरिस लिसानेविचका छोरा अलेक्ज्यान्दर बोरिस लिसानेविचले जानकारी दिए। अलेक्ज्यान्दर नेपाल च्याम्पियन अश्लेषा लिसानोभिच र जुनियर च्याम्पियन आइभन लिसानोभिचका बुबा पनि हुन्।

उनी भन्छन्, जुनियरहरूलाई टेनिसमा आकषिर्त गर्नेर् लक्ष्यका साथ जुनियर प्रतियोगितालाई महìव दिएका हौँ, टेनिस महँगो खेल हो, जो सुकैले खेल्न सक्दैनन् त्यसैले जुनियर खेलाडीका लागि ट्रस्टको पनि स्थापना गर्न लागेका छौँ। अलेक्ज्यान्दरले जुनियर ट्रस्ट एक/दुई हप्तापछि स्थ्ाापना हुने जानकारी दिए। सो ट्रस्ट खेलाडीबाहेक अन्य कुनै प्रायोजनमा प्रयोग नहुने दृढता पनि उनले व्यक्त गरे। २००८ सालमा नेपाल प्रवेश गरेका रुसी नागरिक बोरिसको पहिचान यहाँ पर्यटकको समूह भित्र्याउने पहिलो व्यक्तिका रूपमा पनि छ। उनले २०१३ सालमा कान्तिपथमा रोयल होटलको सुरुवात गरेका थिए।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home