अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
बबरमहल बम विस्फोटका पीडितलाई आर्थिक सहयोग
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २ गते। सरकारले काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा परी ज्यान गुमाएका वीरबहादुर तामाङ, कृष्णबहादुर तामाङ र मानबहादुर तामाङका आश्रति परिवारलाई आर्थिक सहायताबापत प्रतिपरिवार आठ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। गत २०६८ फागुन ५ गते सो घटना भएको थियो।

यसैगरी, पेट्रोलियम पदार्थको आपूर्तिलाई सुचारु गर्न नेपाल आयल निगमलाई तत्काल ऋणस्वरूप दुई अर्ब १० करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ।अर्थमन्त्री वर्षमान पुनले निगमलाई अर्थ मन्त्रालयले ५० करोड रुपियाँ, कर्मचारी सञ्चयकोषले ६० करोड रुपियाँ र नागरिक लगानी कोषले एक अर्ब रुपियाँ ऋण प्रदान गर्ने जानकारी दिनुभयो।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीलाई बैङ्ककमा आयोजना हुने राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक नियोगको बैठकमा भाग लिनका लागि स्वीकृति दिने निर्णय गरिएको छ।

साथै, नेपाल बार एसोसिएसनलाई ओएचसीआरले प्रदान गर्ने गाडीलाई लाग्ने भन्सार र अन्तःशुल्कमा छुट दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home