अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
बन्द-हडतालप्रति मुनको चिन्ता
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २ गते। संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले सङ्घीय नेपालको विषयलाई लिएर नेपालमा भइरहेका प्रदर्शन तथा बन्द-हडतालप्रति चिन्ता र चासो व्यक्त गर्नुभएको छ।

नेपालमा विकसित भएको पछिल्लो घटनाक्रमलाई लिएर महासचिव वानका प्रवक्ताद्वारा सोमबार राति जारी गरिएको विज्ञप्तिमा राजनीतिक दलहरूबीच रहेको असमझदारीका मुद्दाहरूबाट माथि उठ्न र जनअपेक्षाबमोजिम राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गरिएको छ।

महासचिव वानले सङ्घीय प्रणालीका विषयमा दलहरूबीच आमसहमति निर्माण आवश्यक रहेको औँल्याउँदै जेठ १४ को समयसीमाभित्रै संविधान निर्माणमा सहमति बनाउन दलहरूलाई आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

महासचिव वानका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने नागरिकको अधिकारलाई सम्मान गर्न र शान्तिपूर्ण विरोधका कार्यक्रम

तथा मानवअधिकारकोपूर्ण पालना गर्न आन्दोलनरत पक्षलाई मुनले आग्रह गर्नुभएको छ।

'सदियौँदेखि दमित सीमान्तकृत समुदायको उचित आवाजलाई सम्बोधन गर्नु वर्तमान आवश्यकता हो। सीमान्तकृत वर्गहरूमा यतिबेला सङ्घीय प्रणालीमा आˆना अधिकार कुण्ठित हुन्छन् कि भन्ने चिन्ता उत्पन्न भएको छ, यसलाई न्यूनीकरण गर्नेतर्फ आवश्यक कदम चालिनुपर्छ,' विज्ञाप्तिमा उल्लेख छ।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home