अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
बन्दले जनजीवन कष्टकर व्यावसायिक क्षेत्रमा करोडौँ घाटा
लक्ष्मण पौडेल/भैरहवा
 

भैरहवा, जेठ ६ गते। आफ्ना माग पूरा गराउने भन्दै विभिन्न समयमा गरिने बन्द र आमहड्तालका कारण रूपन्देहीमा मात्र दैनिक झण्डै दस करोड रुपियाँ बराबरको आर्थिक क्षति हुने गरेको छ। बन्दका कारण जिल्लाका उद्योेग व्यापार र यातायातका क्षेत्रमा दैनिक सो परिमाणमा घाटा हुने गरेको हो। बन्द र आमहड्तालको समयमा निर्वाध रूपमा उद्योग व्यापार सञ्चालन हुन नसक्दा उद्योगी व्यापारीहरूले बैङ्कलाई ब्याज, कर्मचारीलाई दिने पारिश्रमिक र घरभाडालाई मात्रै आधार मान्ने हो भने पनि दैनिक झण्डै दस करोड बराबर घाटा हुने गरेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो।

त्यसैगरी बन्दका कारण यातायात सेवा प्रभावित हँुदा दैनिक करिब रु. एक करोड बढी घाटा बेहोर्नु परेको पश्चिम नेपाल बस व्यवसायी सङ्घका अध्यक्ष कलाधर न्यौपानेले बताउनुभयो। जेठ महिना सुरुसँगै बन्दको सिजन नै सुरु भएको छ। जेठ महिनामा मात्र रु. ५० करोड बराबरको आर्थिक नोक्सान भएको बताइएको छ।

पछिल्लो बन्दको सूची हेर्दा जेठ १४ गतेसम्मको अवधिलाई आधार मान्ने हो भने अर्बौँको घाटा हुने अनुमान छ। बन्दमा उद्योग, कलकारखाना र यातायात क्षेत्रमा मात्र होइन कृषि क्षेत्रमा पनि गम्भीर असर परेको छ। बन्दले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी उत्पादन बजारसम्म ल्याउन नसक्दा लाखौँ मूल्यका तरकारी बारीमै सड्न थालेका छन् भने बजारमा तरकारी तथा फलफूलको चर्को अभाव देखिएको छ। अलिअलि पाइने तरकारी तथा फलफूलको मूल्य पनि आकाशिएको छ। बन्दपूर्व ३० देखि ४० रुपियाँ किलोमा पाइने हरियो तरकारीको मूल्य अहिले ८० देखि एक सय रुपियाँसम्म पुगेको छ। बजारमा अहिले गोलभेँडा, करेला, बोडी, सिमी, घिरौँला, भिण्डी, लौका, परवललगायतका तरकारीको मूल्य प्रतिकेजी ८० देखि एक सय रुपियाँसम्म पुगेको छ।

लगातारको बन्दको कारण आयआर्जन गर्न नसकेका मजदुर वर्ग सबैभन्दा बढी मारमा परेका छन्। यता लगातार १० दिनसम्म भएको रूपन्देही बन्दका कारण यस क्षेत्रका सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूको उपस्थिति न्यून हुने गरेको छ। बन्दका कारण सवारी साधन चल्न नसक्दा लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय, इलाका प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल खानेपानी संस्थान, बुटवल नगरपालिकालगायतका सधैँजसो सेवाग्राहीका कारण भीडभाड रहने सरकारी कार्यालयहरू पछिल्ला दिनहरूमा भने सुनसान बन्न पुगेका छन्।

सेवाग्राहीहरू सेवा लिन नआएपछि कतिपय कार्यालयका कर्मचारीहरू भने हाजिरी गरेर मात्र र्फकने गरेका छन्। कार्यालय समयसम्म कार्यालयमा बस्ने कर्मचारीहरू पनि सेवाग्राहीहरू नआएपछि दिनभर गफ गरेरै बिताउने गरेका छन्।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home