लन्डन, जेठ ९ गते। इङ्ल्यान्डले मङ्गलबार आगामी भारत भ्रमणमा चार टेस्ट, पाँच एकदिवसीय र दुई टी/ट्वान्टी खेल्ने जानकारी दिएको छ।
भारत जानुअघि इङ्ल्यान्डको टिम अक्टोबर २५ मा दुबईमा अभ्यासका लागि तीन दिन रोकिनेछ। इङ्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट नोभेम्बर १५ तारिखमा हुनेछ। टेस्ट र टी/ट्वान्टी शृङ्खलापछि क्रिसमसका लागि इङ्ल्यान्डको टिम घर र्फकनेछ। त्यसपछि पुनः एकदिवसीय शृङ्खलामा सहभागी हुन इङ्ल्यान्डले भारत भ्रमण गनर्ेेछ। एकदिवसीयअन्तर्गत पाँचै खेल कृत्रिम प्रकाशमा खेलाइनेछ।
सन् २००८ पछि यो इङ्ल्यान्डको पहिलो पूर्ण भ्रमण हुनेछ, मलाई लाग्छ दुवै देशका क्रिकेट समर्थकले व्यग्रताका साथ आगामी शृङ्खलाको प्रतीक्षा गर्नेछन् -इङ्ल्यान्ड क्रिकेटमा प्रबन्ध निर्देशक हग मोरिसले भने।
गतवर्ष भारतले इङ्ल्यान्डको भ्रमण गरेको थियो। जुन भ्रमणमा घरेलु टिमले भारतलाई टेस्ट ४-० ले हराएर शृङ्खला 'क्लिनस्विप' गरेको थियो। यद्यपि त्यसपछि एन्ड्रयु स्ट्राउसको टिम भारतीय उपमहाद्वीपमा कमजोर सावित भएको थियो। भारतलाई हराएपछि इङ्ल्यान्डले पाकिस्तानविरुद्धको टेस्ट शृङ्खला ३-० ले गुमाएको थियो भने श्रीलङ्कामा पनि इङ्ल्यान्ड टेस्ट जित्न सफल भएन। एजेन्सी