अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
राष्ट्रिय समाचार समिति
 

बेलौरी , जेठ ९ गते। महाकाली सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ८ अन्तर्गत रहेका कञ्चनपुरका सिँचाइ नहरको अवस्था दयनीय बन्दै गएको छ।

सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा रहेका सिँचाइ नहरको अवस्था दयनीय बन्दै गएको हो। किसानले खेतमा सिँचाइ गर्न मूल नहर र शाखा नहरका ठाउँठाउँमा काटेर अवैध रूपमा पाइप राखेका कारण नहर भत्किन थालेका छन्। जथाभावी नहर काटिएकाले ठाउँठाउँमा पानीले माटो कमलो भई नहर भत्किने गरेको डिभिजन कार्यालयले

जनाएको छ।

नहरका डिलमा रहेका रूखका कारण पनि नहर खतरामा परेको कार्यालयको ठहर छ। नहर किनारामा रहेका रूखका कारण नहरको गेग्य्रान सफाइ गर्ने क्रममा रूखका जराले अप्ठेरो पार्ने सिँचाइ कार्यालयले जनाएको छ।

रूखका जराबाट पानी चुहिएर नहर भत्कँदै छ। सिँचाइका पाँचवटा ब्लकमा उक्त समस्या देखिएकाले जल उपभोक्ता क्षेत्रीय समिति कञ्चनपुरले नहरलाई क्षति गर्ने गरी गरिएका सम्पूर्ण कार्य तत्काल रोक्न सार्वजनिक सूचना प्रकाशन गरी आग्रह गरेको छ। समितिले नहरमा अवैध तरिकाले राखिएका पाइप, रूख, अन्य भौतिक संरचना सोमबारदेखि साता दिनभित्र हटाउन सूचनामार्फत आग्रह गरेको जल उपभोक्ता ब्लक 'ए' का महासचिव कृष्ण साउदले जानकारी दिनुभये।

समितिले सार्वजनिक सूचना प्रत्येक ब्लकमा टाँस गरी यदि सात दिनभित्र नहटाइएमा सार्वजनिक अपराधअन्तर्गत कारबाही गर्ने र नहर क्षेत्रमा गैरकानुनी तरिकाले राखिएका वस्तु बरामद गर्ने समेत जानकारी गराएको छ।

प्रथम चरणअन्तर्गतका सिँचाइ परियोजनाका नहर सरकारले समुदायमा हस्तान्तरण गरे पनि विगतदेखिका उपभोक्ता समितिको बेवास्ताका कारण नहरको अवस्था दयनीय बन्दै गएपछि उपभोक्ता चिन्तित भएका छन्।

समितिले भने नहर किसानसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले त्यसको संरक्षणका लागि आफू जुनसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता जनाएको छ। कञ्चनपुरको २५ हजार हेक्टर खेतीयोग्य जमिन सिंचित गर्ने सो नहरको मर्मतसम्भार र संरक्षण, कल्भर्ट निर्माण, ड्रेन सफाइलगायतका कार्यका लागि एक समितिको कार्यकालका लागि एसियाली विकास बैंकले करिब रु. ११ करोड रुपियाँ बजेट दिने गरेको छ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home