तीन महिना अगाडि प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारतको बिहारमा ग्लोबल समिटको उद्घाटनका लागि निमन्त्रणा गरिएको थियो। त्यसबेला उनको भ्रमणको सम्बन्धमा निकै टीकाटिप्पणी पनि भएका थिए। देशको प्रधानमन्त्रीले भारतको एउटा राज्यमा उद्घाटनका लागि जानु ठीक हो वा होइन ? यो चर्चाकै बीच प्रधानमन्त्रीले आप\mनो दलबलसहित बिहारको भ्रमण गरेका थिए।
अहिले अत्यन्त चर्चामा रहेको भारतको बिहारको विकासको मोडेल पनि हेरेर आए, केही नौलो कुरा पनि सिकेर नै आएको अनुमान गरौँ। उनले त्यतिबेला बिहारको विकास मोडेलबाट आफू अत्यन्तै प्रभावित भएर आएको छु भनेका कुरा पनि छापाहरूमा आएका थिए।
बिहार भन्ने बितिकै हामी सबैको अगाडि एउटा तस्बिर अगाडि आउने गर्दछ। एउटा यस्तो ठाउँ, जहाँ गुण्डागर्दी छ। मान्छेहरू सिष्ट छैनन्। जहाँ अत्यधिक हिसा र हत्या छ। जहाँ विकास सुन्य छ। जहाँ कानुनको शासन नै छैन तर अहिले नितीशकुमार शर्मा बिहारको मुख्य मन्त्री भएपछि उनले बिहारको नक्सा नै बदल्दिएका छन्।
बिहारको विकासको गतिमा तीव्रता आएकोछ। सडकहरूको तीव्र विकास, चारैतिर हरियाली ,शिक्षा र स्वास्थमा भएको तीव्र विकास, महिलाहरूको राजनीतिक सशक्तीकरणमा आएको परिवर्तन, हत्या, हिसामा आएको कमीले यो कुराको पुष्टि गर्दछ।
नेपालका विभिन्न राजनीतिक पार्टीका नेताहरूले संसारका विभिन्न देशको भ्रमण गरिसकेका छन्। विभिन्न देशको विकास मोडेलहरू पनि हेरिसकेका छन् तर विकासको राम्रो मोडेल तयार गरेको खोइ त ? विकासको नयाँ मोडेलभन्दा पनि केही सभासद्ले गरेका काला करतुतले उनीहरूको सक्कली अनुहार प्रष्ट देखिएको छ।
अहिले प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौंमा सडक विस्तारको अभियान थालेका छन्। यो अभियान साँच्चै नै महत्वपूर्ण मान्नुपर्दछ, साँगुरा सडक, यातायातका साधनको बढ्दो चापले नेताले ठूलो समस्या भोगिरहेको अवस्था थियो। यदि यो सडक विस्तारको कार्यव|mममा कुनै बाधा र विरोध भएन भने यसको परिणाम राम्रै होला।
बितेको ६० वर्ष यता हामीले धेरै राजनीतिक व्यवस्था देख्यौँ, नयाँ व्यवस्था आउँदा यसले जनताको जीवनमा परिवर्तन ल्याउला कि भन्ने ठूलो आशा पनि गर्यांै तर दुर्भाग्य नै भनौँ नेपालमा जन्ाताको जीवनमा आमूल परिवर्तन र आधारभूत आवश्यकताको परिपूर्ति भएको छैन खानेपानी हाहाकार छ। बत्तीको समस्या छ। ११।१२ घन्टासम्म लोडसेडिङको समस्या नेपालीले भोग्नुपरेको यथार्थ र कटु सत्य सबैका अगाडि प्रष्ट नै छ। खाना पकाउने ग्यासको अभावमा जन्ाता पिरोलिएका छन्। हत्या हिंसा अपहरणका घटनामा अत्यधिक वृद्धि भएको छ। यी समस्याको समाधान कसले गर्ने र कहिले गर्ने ?
नेपालमा गणतन्त्रको स्थापना भएपछि जन्ाताले आमूल परिवर्तनको आशा गरेका थिए तर धेरैजसो समस्या यथावत् नै छन। विकासको दृष्टिकोणले हामी अति नै पछाडि परिसकेका छौं। अब नेपालको विकासको नयाँ मोडेल प्राथमिकतासहित आउनु एकदमै जरुरी छ। अबका दिनमा गर्नुपर्ने केही प्रमुख काम यस्ता छन् -
सर्वप्रथम विभिन्न नाउँमा भइरहेका नेपाल बन्द सधंैका लागि बन्द हुनुपर्दछ। बन्दले विभिन्न क्षेत्रमा पारेको दुष्प्रभावलाई हेर्दा अबको दिनमा कुनै पनि राजनीतिक पार्टी, विभिन्न जातजातिले बन्दलाई अन्त नै गर्नुपर्दछ। आˆना मागलाई उठाउनु नराम्रो होइन तर बन्दलाई हतियार बनाएर जन्तालाई दुःख दिनु चाहिँ राम्रो होइन। आˆनो हक र अधिकारका लागि माग गर्दा अर्काको अधिकारको हनन गर्नु राम्रो होइन। यो कुरा बुझेर पनि राजनीतिक पार्टी र बन्दकर्ताहरूले सो अनुरूप काम नगरेको देखिन्छ।
विकासको लागी हवाई यातायात सडक यातायातको विकासलाई सबैभन्दा पहिलो प्राथमिकता दिनु जरुरी छ पूर्वाधारको विकास जति तीव्र हुन्छ विकासको गति पनि त्यत्तिकै सबल हुन्छ। जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई उच्च प्राथमिकता दिनु जरुरी छ।
सङ्घीय ढाँचामा देशलाई पुनःसंरचना गर्ने कुरा अहिलेको प्रमुख मुद्दा बनेको छ। विश्वका केही देशमा सङ्घीय शासन व्यवस्था छन्। कतै सफल छन् तर पूर्णरूपमा असफल कतै पनि छैनन्। हामीले सफल भएका देशबाट पाठ सिक्नु आवश्यक छ तर अहिले जुन रूपमा जातीय राज्यको कुरो उठेको छ त्यसमा भने पुनर्विचार हुनुपर्छ। झन्डै १०० जातिको सम्मिश्रणले बनेको नेपालको वर्षौंदेखिको जातीय सहिष्णुतालाई खल्बल्याउनु हुँदैन, जुन अहिले देखिन थालेको छ त्यो राम्रो होइन।
विकास कार्यलाई सुचारु रूपले काम गर्न शान्ति र सुव्यवस्था नभई नहुने पक्ष हो तर नेपालमा शान्ति र सुव्यवस्थाको स्थिति अत्यन्त नाजुक देखिन्छ। त्यसैले शान्तिलाई दिगो बनाउनेतर्फ त्यत्तिकै ध्यान
दिनुपर्छ । विधिको शासन स्थापना नहुन्जेलसम्म विकास हुनै सक्दैन। अहिले जनताले देशमा विधिको शासनमा कमी आएको अनुभव गरेका छन्।
नेपालका ५० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि बाँचिरहेका छन्, यसैले सामाजिक र आर्थिकरूपमा पछाडि पारिएकाहरूको प्राथमिकतालाई ध्यानमा राखेर नीति र कार्ययोजना बनाइनुपर्दछ। वैदेशिक रोजगारीका लागि देश छोड्ने युवाको सङ्ख्या दिनानुदिन बढदै गईरहेको छ। यही अनुपातमा विदेसिने व|mममा वृद्धि हुने हो भने यो राष्ट्रका लागि शुभ सन्देश चाहिं होइन। देश भित्र रोजगारीको नयाँ नयाँ अवसरको खोजी गर्नु अहिले अत्यन्त आवश्यक छ। यो सबैभन्दा बढी प्राथमिकताको विषय हुनुपर्दछ
अहिले जलवायुमा भएको परिवर्तनले सारा संसारलाई नै प्रभाव पार्ने कुरा निश्चित छ। यसैले वन विनाशलाई रोक्नुका साथै रुख रोप्ने कार्यलाई पनि तीव्रता दिनु जरुरी छ। हरियो वन नेपालको धनलाई विनाशबाट बचाउनु त्यत्तिकै आवश्यक छ।
शिक्षा र जनताको स्वास्थलाई सबैभन्दा बढी प्राथमिकता दिनु जरुरी छ। भारतको विहार राज्यमा अहिले महिलाहरूको शिक्षामा बढी जोड दिइएको छ। यस क्षेत्रमा विशेष गरेर दलित र अन्य सामाजिक र आर्थिकरूपले पछाडि पारिएका वर्गको शिक्षामा सन् २०११ र २०१२ मा छुट्याइएको रकम ४५६ करोडले यो कुराको पुष्टि गरेको छ। यहाँ पनि यिनै कुरामा ध्यान दिनु मनासिव हुनेछ।
अहिले नेपालका नेताहरूमा जनताको मोह होइन, सत्ताको मोह बढी देखिन्छ। सत्ताको मोहका लागि राजनीतिक पार्टीका नेताहरू आप\mनो पार्टी फोर्नेदेखि जस्तोसुकै गठबन्धन गर्न पनि तयार देखिन्छन्। यस्तो अवस्थामा विकास कसरी सम्भव हुनसक्छ। यो पनि सबैले सोच्नुपर्ने कुरा हो।