अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
एएफसी फुटबल फेस्टिभल सम्पन्न
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ १० गते। नेपाल युवा टिमले अपराजित रही बुधबार एएफसी यु-१४ फेस्टिभल अफ फुटबलको समापन गरेको छ। नेपाली यु-१४ ले आप\mनो अन्तिम खेलमा बङ्गलादेशको यु-१४ टिमलाई ३-० ले

पराजित गर्‍यो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स खेल मैदानमा नेपाले खेलको दोस्रो मिनेटमा नै अनन्त थापाको गोलबाट अग्रता बनाएको थियो। अनन्तले लामो दूरीको पि|mकिकमा गोल गरेका हुन्। त्यसपछि दबाब बनाउँदा बनाउँदै पनि पूर्वार्द्धमा गोल गर्न नसकेको नेपाली टिमले उत्तरार्द्धको पाँचौँ मिनेटमा नै अग्रता दोब्बर पार्‍यो।

खेलको ३५औँ मिनेटमा सुमन पराजुलीले नेपालका लागि दोस्रो गोल गरे। त्यसपछि निर्धारित ६० मिनेटको खेल सकिन १ मिनेट बाँकीछँदा हेमन्त थापाले पनि गोलकर्ताको सूचीमा आप\mनो नाम लेखाएपछि नेपालले ३-० ले जित हासिल गर्‍यो।

यसैगरी भारतको यु-१४ टिमले आजका दुवै खेलमा जित हासिल गरेको छ। भारतको युवा टिमले श्रीलङ्काको यु-१४ टिमलाई २-० र भुटानको यु-१४ टिमलाई ६-० ले हरायो।

यु-१४ फेस्टिभलमा नेपालले ३० र ६० मिनेटको दुई संरचनामा कुल ११ खेलमध्ये नौमा जित र दुई बराबरीमा खेलेको छ।

गत शनिबार सुरु भएको फुटबल फेस्टिभलमा नेपालसहित बङ्गलादेश, भुटान, भारत र श्रीलङ्का गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। माल्दिभ्सले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो। फुटबल फेस्टिभलअन्तर्गत नै 'सी' कोचिङ प्रशिक्षण, रेप|mी कोर्स, फिजियोथेरापिस्ट प्रशिक्षण पनि सम्पन्न भएका थिए।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home