अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
इङ्ल्यान्ड-वेस्टइन्डिज दोस्रो टेस्ट आजदेखि
.
 
नटिङ्घम, जेठ ११ गते। इङ्ल्यान्डलाई पहिलो टेस्टमा कडा चुनौती दिने भ्रमणकारी टिम वेस्टइन्डिज शुक्रबारदेखि हुने दोस्रो टेस्टमा दबाबमा देखिएको छ। तेजबलर सानन गाबि्रयल घाइते हुनु र क्रिस गेलको टिममा स्थान अझै अलमल्लमा रहेकाले ट्रेन्टबि्रजमा हुने टेस्टअघि वेस्टइन्डिजको मनोबल उच्च बन्न नसकेको हो। गाबि्रयलले लर्डस्मा सम्पन्न पहिलो टेस्टमा खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। उनको प्रदर्शन शानदार पनि रहृयो तर ढाडको समस्याले गाबि्रयललाई टिमबाट बाहिर पुर्‍यायो। गाबि्रयलको स्थान टिनो वेस्टले लिएका छन्। यद्यपि पहिलो रोजाइमा वेस्टले खेल्ने सम्भावना देखिँदैन। रवि रामपलको फिटनेसको जाँचपछि मात्र वेस्टको भूमिकाको निर्णय हुनेछ। यसैगरी पूर्व कप्तान गेललाई पनि टिममा फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषयमा वेस्टइन्डिज क्रिकेट चयन समितिले निर्णय गर्न सकेको छैन। वेस्टइन्डिज क्रिकेट बोर्ड र गेलको सम्बन्ध अहिले सुमधर छैन तर वेस्टइन्डिज पहिलो टेस्टमा हार्नु र इन्डियन पि्रमियर लिगमा गेलको करार सकिनुले अहिले चयन समिति दोधारमा परेको हो। यसैगरी इङ्ल्यान्डले दोस्रो टेस्टका लागि टिम परिवर्तन गर्ने छाँट देखिँदैन। पहिलो टेस्टमा कुल ११ विकेट लिने तेजबलर स्टुवार्ट ब्रोडमा नै आक्रमणको भार हुनेछ। अन्य तेजबलरमा जेम्स एन्डरसन र टिम ब्रेसनेन रहेका छन्। यी दुईले मिलेर पहिलो टेस्टमा मात्र चार विकेट लिएका थिए। एपी
 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home