अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
छ्यासीकोटलाई तेक्वान्दो टिम उपाधि
गोरखापत्र समाचारदाता
 
काठमाडौँ, जेठ ११ गते। प्रथम छ्यासीकोट इन्डो-नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिताको उपाधि नेपालको छ्यासीकोट तेक्वान्दो डोजाङ 'ए'ले बिहीबार जितेको छ। आयोजकसमेत रहेको छ्यासीकोटले चार स्वर्ण, तीन रजत र छ काँस्य पदक जित्दै उपाधि उचाल्यो। चार स्वर्ण, तीन रजत र पाँच काँस्य पदक जितेको भारतको रायन इन्टरनेसनल स्कुल दोस्रो भयो। तेस्रो स्थानमा रहेको विशङ्खु तेक्वान्दो डोजाङले तीन स्वर्ण, एक रजत र एक काँस्य पदक प्राप्त गर्‍यो। सिनियरतर्फ पुरुषमा नखिपोट तेक्वान्दो डोजाङका अमृत थापा तथा महिलामा आयोजक 'ए'की रेश्मा थापा उत्कृष्ट खेलाडी घोषित भए। जुनियरको पुरुषमा स्युचाटार तेक्वान्दो डोजाङका सन्तोष भित्रकोटी तथा महिलामा अनलज्योति स्कुलकी इच्छा राई उत्कृष्ट खेलाडी चुनिए। प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन भएको पुरुषको ७८ केजीमुनि विशङ्खुका प्रकाश खत्री, २८ केजीमुनि विशङ्खुका प्रजित केसी, ६३ केजीमुनि रायनका गुशन वैसोया, ४१ केजीमुनि विशङ्खुका सुशान्त मगर, ५४ केजीमुनि रायनका सञ्जोय गुसैन, ४१ केजीमुनि आयोजक 'बी'का रविन थापामगर, ५८ केजीमुनि नखिपोटका अमृत थापा, २५ केजीमुनि सानोठिमी तेक्वान्दो डोजाङका विशाल राई तथा ३७ केजीमुनि सानोठिमीका पदम तामाङले स्वर्ण पदक जिते। सैबुँको भैँसेपाटीस्थित आयोजक छ्यासीकोट तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताअन्तर्गत महिला ४९ केजीमुनि आयोजक 'ए'की रेश्मा थापा, ४५ केजीमुनि चुनदेवी तेक्वान्दो डोजाङकी पूजा श्रेष्ठ, ३० केजीमुनि अनलज्योतिकी इच्छा राई तथा ३७ केजीमुनि चुनदेवीकी बिना तामाङले शीर्ष स्थान कब्जा गरे। दुईदिने प्रतियोगितामा दुइ सय खेलाडीले २१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।
 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home