काठमाडाँै, जेठ १२ गते। पूर्व सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले अहिलेको परिणाम अपेक्षित र योजनाबद्ध रूपमा आएको भन्दै संविधान नबन्ने दिशातर्फ मुलुक गइरहेको बताउनुभएको छ। डिल्लीबजार जेलमा रहनुभएका गुप्ताले गोरखापत्रसँग शुक्रबार कुराकानी गर्दै संविधान नबनोस् र संविधानसभा विघटन गरी नयाँ निर्वाचन होस् भन्ने सम्भावनातर्फ देश गइरहेको बताउनुभयो।
'सर्वाेच्च अदालतको फैसला -यसरी आउनु) अपेक्षित थियो', मधेसी जनअधिकार फोरम -गणतान्त्रिक)का नेता गुप्ताले भन्नुभयो- म जेल पर्नुअघि मधेसी मोर्चासहितको बैठकमा काँग्रेस र एमालेले प्रस्ट भनेको थियो, जेठ १४ गतेभित्र सङ्घीयता ल्याउन सकिँदैन, आज पनि मुलुक त्यही स्थितिमा छ।
सङ्घीयताबिनाको संविधान ल्याउने नै मनसाय काँग्रेस र एमालेको रहेको बताउँदै गुप्ताले सङ्घीयताबिनाको संविधानमा मधेसी मोर्चाले सहमति जनाउन नहुने विचार व्यक्त गर्नुभयो। मधेसी मोर्चा त्यसको अनुमोदन प्रक्रियामा सरिक हुनुभएन, उहाँले भन्नुभयो।
'दुई दिनमा आउने संविधान कस्तो होला ?, आदिवासी जनजाति र मधेसीलगायतका सीमान्तकृत समुदायको हित हुने गरी संविधान आउँदैन', उहाँले भन्नुभयो- जस्तो संविधान आए पनि जनवैधता पाउँदैन, त्यसैले मधेसी मोर्चाले पनि आˆनो एउटा अडान लिनुपर्यो, अनिणिर्त आन्दोलनको विकल्प छैन।'
सङ्घीय आयोगको औचित्य नभएको बताउँदै गुप्ताले सङ्घीय आयोग बन्यो भने पनि राज्य पुनःसंरचना आयोगको जस्तै हविगत हुने दाबी गर्नुभयो। दुई दिनको राजनीतिक निर्णयले मुलुकको भविष्य निर्धारण गर्नेसमेत उहाँले बताउनुभयो।
राज्य पुनःसंरचना आयोगको १० र संविधानसभा अन्तर्गतको राज्य पुनःसंरचना समितिले १४ प्रदेशका लागि गरेको सिफारिसका आधारमा सहमति खोजिए दुई दिनभित्र पनि सङ्घीयतासहितको संविधान आउनसक्ने उहाँले बताउनुभयो।
'उल्लेखित आधारमा गरिएको सङ्घीयताको वैधानिक आधारसमेत रहेको प्रस्ट पार्दै गुप्ताले भन्नुभयो- तर यहाँ जस्तोसुकै संविधान ल्याउने र अनन्तकालसम्म सङ्घीयता नल्याउने षडयन्त्र भइरहेको छ, मधेसका तर्फबाट लामो सङ्घर्षको सम्भावना र आवश्यकता छ।