अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
अमेरिकाको उदाहरणीय पक्ष
नगेन्द्र न्यौपाने
 

जति-जति संविधान निमार्णका क्षण नजिकिँदै छन् त्यति नै जातीय राज्यको विरोध र समर्थनमा आवाज च्र्किरहेका छन् । सडकदेखि सदनसम्म तातेको यो चर्को विवादले सम्पूर्ण नेपालीको भविष्यसँग सम्बन्ध राख्छ भने यसबारे सचेत नागरिकले आˆनो देशको इतिहास र अन्तर्राष्ट्रिय अनुभव पनि बुझ्नुपर्छ ।

विश्वको कुनै पनि देशले सिङ्गो स्वरूप एकैचोटी पाएको हुँदैन, एकपछि अर्को टुक्रो गाविदै र जितिदै पछि मात्र सिङ्गो देशको निर्माण हुन्छ । नेपालको इतिहास हेर्दा बाइसे चौबिसेको विजयबाट नै अहिलेको सिङ्गो नेपालको सृजना भएको हो । नेपालमा पनि विखण्डनको भूत नपसेको होइन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाँदा उनका छोरा दलमर्दन शाहले आˆनो अंश स्वरूप राज्य मागेका थिए तर पृथ्वीनारायण शाहलाई मान्य भएन । यक्ष मल्लले आˆना छोराहरूलाई अंशको रूपमा राज्य दिँदा उनको राज्य शक्ति यत्ति नराम्रोसँग घट्यो कि उनी टिक्नै सकेनन् । मल्ल राजाहरूको पतनको मुख्य कारण राज्य विखण्डन नै हो ।

शताब्दीयौंदेखि जातीय सद्भाव र अखण्ड नेपालका लागि अमेरिकाको अनुभव अवश्य प्रभावकारी हुनसक्छ । ४० करोड जनता बोकेको अमेरिकाले अहिलेको आकार पाउन धेरै वर्ष सङ्घर्ष गर्नुपर्‍यो । पूर्वमा आन्ध्र महासागर र पश्चिममा प्रशान्त महासागरसम्म फैलिएको यो राष्ट्र ५० वटा विभिन्न राज्य मिलेर एउटा सिङ्गो "संयुक्त राज्य अमेरिका" बनेको छ र यहाँ सयौं जात र समूहको व्यक्तिको बसोबास छ । ५० वटा स-साना

राज्यमा विभाजित भए पनि जातीयताको आधारमा राज्य विभाजित छैन । भौगोलिक तथा इतिहासलाई आधार बनाएर नै विभाजन भएका छन् । त्यहाँ पनि जातीयताको खिचातानीको रोग नलागेको

होइन । आˆनै जातिको सिङ्गो पहिचान हुनुपर्छ भन्नेहरू पनि प्रशस्त थिए । तर एउटा जातिलाई मात्र प्राथमिकता दिँदा अर्को जाति ओझेलमा पर्ने मात्र नभई धराशयी नै हुने सम्भावनाबाट त्यो पूरा हुन पाएन । हालको अमेरिकाको पूर्वी-दक्षिणी

राज्य "लुजियाना" प|mान्सबाट सन् १८०३ मा किनिएको हो । त्यहाँ अझै पनि प|mेन्सहरूको बाहुल्य छ भने प|mेन्स भाषा बोल्नेहरू प्रशस्तै

छन् । त्यहाँका प|mेन्सहरूले पनि आˆनो एकल जातीय अस्तित्वको वकालत गर्दै संकुचित भावना देखाउन सक्थे होलान् तर जातित्य प्रधान समाजमा मानव अस्तित्वमाथि थिचोमिचो भयावह हुने भएकोले अमेरिकी सरकार त्यो बाटो गएन । आजको "लुजियाना" राज्यमा प्रत्येक जात र समूह हार्दिकताका साथ मिलेर बसेका छन् । त्यस्तै, आजको "अलास्का" राज्य अमेरिकाले सन् १८६७ मा सोभियत रुसबाट किनेको हो । त्यहाँका मुख्य आदिवासी "इस्किमो" हुन् तर त्यहाँका जनताले आˆनो राज्यको नामकरण गरी एकल जातीयका लागि कहिले ढिपी गरेनन् । उनीहरू त्यहाँको स्थानीय संस्कृति र संस्कारबाट टाढा हुन चाहँदैनन् । तर एकल जातीयताको संकुचित घेराबाट अलग हुन चाहन्छन् ।

अमेरिकाको न्यूयोर्क सहरमा नेदरल्याण्डवासीको बाहुल्य छ । न्यूयोर्क सहर नेदरल्याण्ड बासीहरूले नै स्थापना गरेका हुन् । तर न्यूयोर्क बासीहरूले आफूलाई पुरानो बासिन्दा भएको र आˆनो जातीय एकल राज्यको माग गरेनन् । त्यहाँका प्रत्येक जात, समूह, पुराना, नयाँ आप्रवासी मिलेर बसेका छन् । आजको विविध विकास र प्राविधिक उर्वरको समयमा जातीयताको नकारात्मक धारणा राख्नु राष्ट्रिय विखण्डनमा जानु हो । सामाजिक सद्भाव र जातीय सहिष्णुताको फराकिलो क्षितिजलाई जति फराकिलो बनाउन सकियो त्यति नै आपसी भलाइ हुन्छ, त्यति नै राष्ट्रिय एकताको जरो बलियो हुन्छ ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home