जति-जति संविधान निमार्णका क्षण नजिकिँदै छन् त्यति नै जातीय राज्यको विरोध र समर्थनमा आवाज च्र्किरहेका छन् । सडकदेखि सदनसम्म तातेको यो चर्को विवादले सम्पूर्ण नेपालीको भविष्यसँग सम्बन्ध राख्छ भने यसबारे सचेत नागरिकले आˆनो देशको इतिहास र अन्तर्राष्ट्रिय अनुभव पनि बुझ्नुपर्छ ।
विश्वको कुनै पनि देशले सिङ्गो स्वरूप एकैचोटी पाएको हुँदैन, एकपछि अर्को टुक्रो गाविदै र जितिदै पछि मात्र सिङ्गो देशको निर्माण हुन्छ । नेपालको इतिहास हेर्दा बाइसे चौबिसेको विजयबाट नै अहिलेको सिङ्गो नेपालको सृजना भएको हो । नेपालमा पनि विखण्डनको भूत नपसेको होइन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाँदा उनका छोरा दलमर्दन शाहले आˆनो अंश स्वरूप राज्य मागेका थिए तर पृथ्वीनारायण शाहलाई मान्य भएन । यक्ष मल्लले आˆना छोराहरूलाई अंशको रूपमा राज्य दिँदा उनको राज्य शक्ति यत्ति नराम्रोसँग घट्यो कि उनी टिक्नै सकेनन् । मल्ल राजाहरूको पतनको मुख्य कारण राज्य विखण्डन नै हो ।
शताब्दीयौंदेखि जातीय सद्भाव र अखण्ड नेपालका लागि अमेरिकाको अनुभव अवश्य प्रभावकारी हुनसक्छ । ४० करोड जनता बोकेको अमेरिकाले अहिलेको आकार पाउन धेरै वर्ष सङ्घर्ष गर्नुपर्यो । पूर्वमा आन्ध्र महासागर र पश्चिममा प्रशान्त महासागरसम्म फैलिएको यो राष्ट्र ५० वटा विभिन्न राज्य मिलेर एउटा सिङ्गो "संयुक्त राज्य अमेरिका" बनेको छ र यहाँ सयौं जात र समूहको व्यक्तिको बसोबास छ । ५० वटा स-साना
राज्यमा विभाजित भए पनि जातीयताको आधारमा राज्य विभाजित छैन । भौगोलिक तथा इतिहासलाई आधार बनाएर नै विभाजन भएका छन् । त्यहाँ पनि जातीयताको खिचातानीको रोग नलागेको
होइन । आˆनै जातिको सिङ्गो पहिचान हुनुपर्छ भन्नेहरू पनि प्रशस्त थिए । तर एउटा जातिलाई मात्र प्राथमिकता दिँदा अर्को जाति ओझेलमा पर्ने मात्र नभई धराशयी नै हुने सम्भावनाबाट त्यो पूरा हुन पाएन । हालको अमेरिकाको पूर्वी-दक्षिणी
राज्य "लुजियाना" प|mान्सबाट सन् १८०३ मा किनिएको हो । त्यहाँ अझै पनि प|mेन्सहरूको बाहुल्य छ भने प|mेन्स भाषा बोल्नेहरू प्रशस्तै
छन् । त्यहाँका प|mेन्सहरूले पनि आˆनो एकल जातीय अस्तित्वको वकालत गर्दै संकुचित भावना देखाउन सक्थे होलान् तर जातित्य प्रधान समाजमा मानव अस्तित्वमाथि थिचोमिचो भयावह हुने भएकोले अमेरिकी सरकार त्यो बाटो गएन । आजको "लुजियाना" राज्यमा प्रत्येक जात र समूह हार्दिकताका साथ मिलेर बसेका छन् । त्यस्तै, आजको "अलास्का" राज्य अमेरिकाले सन् १८६७ मा सोभियत रुसबाट किनेको हो । त्यहाँका मुख्य आदिवासी "इस्किमो" हुन् तर त्यहाँका जनताले आˆनो राज्यको नामकरण गरी एकल जातीयका लागि कहिले ढिपी गरेनन् । उनीहरू त्यहाँको स्थानीय संस्कृति र संस्कारबाट टाढा हुन चाहँदैनन् । तर एकल जातीयताको संकुचित घेराबाट अलग हुन चाहन्छन् ।
अमेरिकाको न्यूयोर्क सहरमा नेदरल्याण्डवासीको बाहुल्य छ । न्यूयोर्क सहर नेदरल्याण्ड बासीहरूले नै स्थापना गरेका हुन् । तर न्यूयोर्क बासीहरूले आफूलाई पुरानो बासिन्दा भएको र आˆनो जातीय एकल राज्यको माग गरेनन् । त्यहाँका प्रत्येक जात, समूह, पुराना, नयाँ आप्रवासी मिलेर बसेका छन् । आजको विविध विकास र प्राविधिक उर्वरको समयमा जातीयताको नकारात्मक धारणा राख्नु राष्ट्रिय विखण्डनमा जानु हो । सामाजिक सद्भाव र जातीय सहिष्णुताको फराकिलो क्षितिजलाई जति फराकिलो बनाउन सकियो त्यति नै आपसी भलाइ हुन्छ, त्यति नै राष्ट्रिय एकताको जरो बलियो हुन्छ ।