अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
सामुयल्स र सामीको शतक
 

नटिङ्घम, जेठ १३ गते। इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा शनिबार भ्रमणकारी टिम वेस्टइन्डिज पहिलो पालिमा ३७० रनमा अलआउट भएको छ।

वेस्टइन्डिजको पालि दोस्रो दिनको पहिलो सत्रमा नै सकिएको थियो। वेस्टइन्डिजका लागि मार्लन सामुयल्सले ११७ र कप्तान डारेन सामीले १०६ रनको शतकीय पालि खेले। यी दुई ब्याट्सम्यानले सातौँ विकेटका लागि २०४ रन जोडेपछि वेस्टइन्डिजको पालि राम्रो भएको हो। जुन साझेदारी सातौँ विकेटका लागि वेस्टइन्डिजको इङ्ल्यान्डविरुद्ध कीर्तिमान पनि हो।

टेस्ट क्रिकेटमा सामुयल्सको यो तेस्रो र सामीको पहिलो शतक हो। वेस्टइन्डिजले दोस्रो दिन छ विकेटको क्षतिमा ३०४ रनबाट सुरु गरेको थियो। सामुयल्स र सामी दुवै टिम ब्रेसनानको बलिङमा लगातार ओभरमा आउट भए। त्यसपछि बे्रेसनानले केमार रोखलाई पनि आउट गरे। उनले १९ बलको स्पेलमा दस रच खर्ची तीन विकेट लिएपछि नै वेस्टइन्डिजले आज ठूलो योगफल बनाउन सकेन। ब्रेसनानले कुल चार विकेट लिए। अफ स्पिनर ग्रायम स्वानले शनिबार आप\mनो पहिलो बलमा नै सेन सिलिङफोर्ड -१६ रन)को विकेट लिएर वेस्टइन्डिजको पालि समाप्त गरे।

तीन टेस्टको शृङ्खलामा घरेलु टिम इङ्ल्यान्ड १-० ले अगाडि। इङ्ल्यान्डले लर्डस्मा भएको पहिलो टेस्ट पाँच विकेटले जितेको थियो। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home