अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
गणतन्त्रको सँघारबाट
प्रकाशप्रसाद उपाध्याय
 

जनता पाँचौं गणतन्त्र दिवस मनाउन अग्रसर हुँदैछन्। किनभने यो राष्ट्रिय महìवको एक यस्तो दिवस हो जसले देशलाई शताब्दिऔं पुरानो सामन्ती शासनबाट मुक्ति दिलाएको छ र रैतीलाई जनता एवं सार्वभौमसत्तासम्पन्न नागरिक बन्ने अवसर प्रदान गरेको छ। यस्तो ऐतिहासिक दिवस जसलाई पाउन अनेक वीरहरूले निरंकुश शासकहरूका कठोर यातना सहनु पर्‍यो, जेलनेल उनीहरूको नियति बन्यो र फाँसीको सजाय समेतको उनीहरूलाई चिन्त्ाा भएन। यस्ता वीर र साहसिला योद्धाहरूका क्रियाकलापकै कारण आज देशवासीले गणतन्त्रको शीतल हावामा सास फेर्न पाएका छन्।

गणतन्त्रका लागि स्वर उठाउने र सङ्घर्ष गर्ने नेताहरू देशमा अनेक भए तर यसका लागि क्रान्तिको आवश्यकता अनुभव गर्ने, तन, मन र धनले यसका लागि दृढसंकल्पका साथ समर्पित हुने, सरकारको कोपभाजनको सिकार हुँदै फाँसीको सजाय सुन्ने र गणतन्त्रको न्यानो किरणमा 'गणतन्त्ररूपी भागीरथी गंगाको स्नान गर्न पाउँदा नवजीवनको रक्तसञ्चार भएझैं' अनुभव गर्ने पहिलो व्यक्ति यदि यस देशमा कोही भयो भने ती साहसिक र प्रथम गणतन्त्रवादीको नाउँ हो- रामराजा प्रसाद सिंह।

गणतन्त्रको उनको क्रान्तियात्रामा उनका माइला भाइ लक्ष्मणप्रसाद सिहं, छोरा डा. मनोज कुमार सिंह र पि्रय मित्र खेमराज भट्ट 'मायालु' को भूमिका पनि प्रमुखताका साथ स्मरण गरिन्छ। किनभने उनीहरूलाई पञ्चायतकालीन शासकहरूद्वारा क्रमशः फाँसीको सजाय, दश वर्षको कैद र सर्वस्वहरण लगायत आजन्म कैदको सजाय सुनाइएको थियो।

यसरी २०४२ सालको असार महिनामा रामराजाप्रसाद सिंहको नेतृत्वमा भएको गणतन्त्रको विस्मयकारी उद्घोष र साहसिक कार्यलाई नेकपा माओवादीले २०५२ सालमा निरन्तरता प्रदान गर्‍यो र यसले पूर्णता प्राप्त गर्‍यो जेठ १५, २०६५ सालमा। जब नेकपा माओवादीद्वारा सुरु गरिएको सङ्घर्ष, जुन पछि जनयुद्धको नाउँबाट इतिहासको पानामा अंकित भयो, २०६२-०६३ सालको जनआन्दोलनबाट राष्ट्रिय मूलधारमा आउन सफल भयो। अनि यो देशमा गणतन्त्रको प्राप्तिको दिशामा एक महìवपूर्ण ऐतिहासिक अध्याय प्रमाणित भयो।

२०६३ साल वैशाख ११ गते राजा ज्ञानेन्द्रबाट 'जनताको नासो जनतालाई फिर्ता' भन्दै घोषणा गरेपछि पुनःस्थापित भएको संसद् र चैत २८, २०६४ सालमा संविधानसभाका लागि भएको चुनाउ पछि गठन भएको संविधानसभाले देशमा गणतन्त्रको स्थापनाको दिशामा अनेक युगान्तकारी कार्यहरू गरे। यसमध्ये प्रमुख काम थियो २०६५ साल, जेेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट देशलाई गणतन्त्रमय बनाउने घोषणा गरिनु। ४ वर्षको सतत प्रयास र विमतिका अनेक घटनामाथि विजय पाउँदै गणतन्त्रलाई संस्थागत गर्ने सँघारमा पुगेको देशको गृहप्रवेशको अन्तिम तयारी सतीको श्रापबाट अभिशप्त भएको छ। कहिले मुक्त होला यो देश यस श्रापबाट ?

हुनत गणतन्त्रको यात्रा र उपलब्धि कहिल्यै सहज र सुगम भएन। गणतन्त्रको प्राप्तिका लागि विश्वका अनेक देशले लामो सङ्घर्ष गर्नुपरेको पुरानो र लामो इतिहास छ। ई.पू.४२७ मा ग्रीसमा जन्मेका दार्शनिक प्लेटोले युद्ध जर्जरित र कुशासनका कारण राजनीतिक द्वन्द्वमा अल्झेको आफ्नो देशमा भइरहेको राजनीतिक उथलपुथलको कारण नेताहरूमा विद्यमान भ्रष्ट आचरण र उनीहरूको कुशासनलाई ठाने।

आफ्ना दार्शनिक गुरु सुकरातलाई दिइएको मृत्युदण्डबाट विचलित तथा समकालीन राजनीति र नेताहरूका प्रभावहीनताबाट विरक्तिएका प्लेटोले आफ्नो देशका राजनीतिज्ञहरूका नयाँ पिँढीका लागि तालिमको आवश्यकता महसुस गर्दै एउटा यस्तो स्कुल खोल्ने आवश्यकता पनि महसुस गरे जहाँ भावी राजनेताहरूमा 'दार्शनिक शासक' हुने गुण विकसित हुन सकोस्। यस क्रममा उनले कल्पना गरेका स्वच्छ छवि भएको एक आदर्श राज्यको व्याख्या आफ्नो कृति 'द रिपब्लिक' मा समेत गरे जसले राजनीतिक क्षेत्रमा ठूलो हलचल मच्चाउँदै व्यापक लोकपि्रयता प्राप्त गर्‍यो। तत्पश्चात् गणतन्त्रलाई शासकीय स्वरूपको एक उपयुक्त शासनतन्त्र बुभ्fm्न थालियो।

आजका दिनमा विश्वका अनेक देशमा गणतान्त्रिक शासन व्यवस्था कायम छ। तर अनेक देश गणतन्त्रमय भएर पनि स्थिर रहन सकेनन्। राजनीतिक महìवाकांक्षा र आर्थिक कारण तिनको विखण्डनको कारण बने। हालका दशकमा यसका ज्वलन्त उदाहरण हुन् सङ्घीय सोभियत गणराज्य र युगोस्लाभिया।

यसै सन्दर्भमा सम्झना भएर आउँछ सन् १९११ को चीनियाँ क्रान्तिको, जसले देशमा गणतन्त्रको स्थापना गर्नमा सफलता त पायो तर तत्कालीन भ्रष्ट शासकहरूका क्रियाकलापका कारण स्थायित्व पाउन सकेन। फलस्वरूप राष्ट्रिय स्तरमा अर्को आन्दोलन चल्यो जसको फलस्वरूप अक्टोबर १, १९४९ मा चीनियाँ जनगणराज्यको स्थापना भयो, एक क्षेत्रीय शक्तिको रूपमा उदाएको छ। समान रूपमा सन् १७९२ मा प|mान्समा पहिलो गणराज्यको स्थापना भयो। तर विभिन्न कारण र घटनाहरूले त्यसलाई स्थायित्व प्रदान गर्न सकेनन्। तत्पश्चात् एकपछि अर्को गर्दै गणतन्त्रको घोषणा हुँदै गयो। यस क्रममा त्यहाँका चार चार गणतन्त्र प्रभावहीन भए। प|mान्सको गणतन्त्रको यात्राले सन् १९५८ मा आएर पूर्णता पायो र जेनरल चाल्र्स द गालले राष्ट्रपतिका रूपमा देशको शासनभार सम्हाले पछि स्थिरताको अनुभव गर्न पायो।

तर गणतान्त्रिक व्यवस्थाको बाटो अँगाल्ोको हाम्रो देश एउटा गोरेटोमा पुगेर बाटो अलमलिएको देखिन्छ किन ? कारण खोज्ने हो भने अनेक छन्। जसमा प्रमुख छन्- नेताहरूमा राष्ट्रका लागि त्याग गर्नसक्न्ो भावनाको अभाव र क्षेत्रीयता र जातीयताको सङ्कीर्ण भावना। जुन मुद्दाहरूका कारण आजको दिनमा जनताले गणतन्त्र संस्थागत भएको हेर्न पाएनन्, ती मुद्दाहरूलाई भविष्यका लागि थाती राखेको भए आकाश निश्चय नै खस्ने थिएन।

आज देशसामु सामाजिक, साम्प्रदायिक, आर्थिक र औद्योगिकलगायत अनेक चुनौती छन्, जसको समाधान जनता तत्कालै चाहन्छन्। तर जनताका नाउँमा राजनीति गर्दै मोटाएका नेताहरूका नजरमा यीभन्दा बढी महìवपूर्ण छ जातीय पहिचानको आधारमा राज्य पुनःसंरचना। गरिबी, अभाव, महँगी र भ्रष्टाचारबाट पीडित जनता नेताहरूका गीद्देदृष्टिको विषयलाई बुझ्न असमर्थ भइरहेछन्। ठूलो द्वन्द्व र सङ्घर्षमा जनताको सहभागिता र पीडाका साथ प्राप्त गरिएको संविधानसभालाई असक्षमताको प्रतीक बनाइयो किन ?

प्रगतिका लागि सपना, महìवाकांक्षा र आफ्नो लक्ष्यको प्राप्तिका लागि दृढसंकल्प अनिवार्य हुन्छ। यसका साथै आवश्यक हुन्छ इमानदारी, कर्तव्यपरायणता र देशप्रति निष्ठाको भाव। गणतन्त्रलाई आफ्नो महामन्त्र मान्दै तन, मन, धन समर्पित गर्दै सशस्त्र क्रान्तिको बाटो अँगालेका प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले राजा महेन्द्रद्वारा प्रस्तावित प्रधानमन्त्रीको पद 'म बिक्रीको वस्तु होइन' भन्दै किन अस्वीकार गरे ? गणतन्त्रवादी भनाउँदा आजका नेताहरूले यसमाथि चिन्तन गर्नुपर्ने आवश्यकता छ। पटना सम्मेलनमा भीष्म पितामहको संज्ञा पाउँदै मधेश आन्दोलनको नेतृत्व सम्हाल्न आग्रह गर्नेहरूलाई किन रामराजाले निराश पारे ? 'राष्ट्रलाई म के दिन सक्छु' भन्ने राष्ट्रिय भावनाबाट ओतप्रोत रहेका र त्यसलाई जीवनमा व्यावहारिक रूप दिएका रामराजालाई यसो गरेबापत राष्ट्रपतीय निर्वाचनमा पराजित गर्नु नै उपयुक्त ठाने त्यतिबेलाका मर्माहत हुनेहरूले।

देशको प्रथम आम निर्वाचनमा एक क्षेत्रीय पार्टीको उम्मेदवारका रूपमा उठेका आफ्ना पिताको पक्षमा चुनाव प्रचार गर्न किन पुगेनन् रामराजाप्रसाद सिंह यसमाथि पनि देशलाई उपहासको पात्र बनाउनेहरूले सोच्नु परेको छ। किनभने उनीहरूका हठधर्मिता र संकुचित जातीय राजनीतिको कारण नै चार-चार वर्षको अभ्यास र एउटा गरिब देशको राष्ट्रिय ढुकुटीको अमूल्य राशि बागमतीको ढलमा बग्नपुग्यो।

समाचारमाध्यमहरूमा देशको वर्तमान अवस्था र आफ्नो असफलतामा पनि सभाकक्षहरूबाट हाँस्दै निस्कने नेताहरूको अनुहार देख्दा नेपाल आमा कति रुँदी, कल्पिँदी होलिन् त्यो त भन्न सकिन्न्ा तर देशका अधिकांश जनताका मनमा भने यिनीहरूप्रति श्रद्धाको भाव घटेर गए पनि गणतन्त्रप्रति जनताको मोह नसकिने र गणतन्त्रपथको कन्टकपूर्ण यात्रा जारी रहने आशा छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home