अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
बन्द-हडतालले घरबहाल, कर असुलीमा प्रतिकूल प्रभाव
महेन्द्र विष्ट
 

काठमाडौँ, जेठ १४ गते। आन्तरिक राजस्व विभागले अभियानका रूपमा अघि सारेको नगर क्षेत्रको घर बहाल कर असुली कार्यक्रम लगातारको बन्द हडतालले प्रभावित भएको छ।

करको प्रमुख स्रोत भएर पनि लक्ष्यअनुसारको कर असुली हुन नसकेपछि विभागले निर्देशिका नै जारी गरी आगामी दिनमा यो कर असुलीमा वृद्धि ल्याउन केही समययतादेखि प्रत्येक घरधनीलाई घर बहाल कर कार्ड वितरण गर्न सुरु गरेको छ। स्थानीय करदाता सेवा कार्यालय, महानगर र नगरपालिकाका वडा कार्यालयहरूमार्फत कार्ड वितरण कार्य अगाडि बढाइए पनि लगातारको बन्द र हडतालले कार्ड वितरण लिन आउने मानिसको सङ्ख्या नै न्यून रहेको विभागका अधिकारीहरू बताउँछन्।

कार्ड वितरण कार्यलाई प्रभावकारी बनाउन विभागले विभिन्न सञ्चार माध्यममार्फत सूचनासमेत प्रवाह गरिरहेको छ तर अपेक्षा अनुसार कार्ड वितरण हुन नसकेको काठमाडाँै उपमहानगर पालिका राजस्व विभागका एक अधिकारीले बताएका छन्।

विभागको यो कार्य लगातारका बन्द र हडतालले राजधानीलगायत अन्य नगर क्षेत्रहरूमा पनि प्रभावित भएको स्वीकर गर्दै काठमाडौँ एक नं. कर कार्यालय प्रमुख रामशरण पुडासैनीले भन्नुभयो- कार्यालयमै आएर कार्ड लिनुपर्ने भएकाले बन्द हडतालका कारण कमै मात्र घरधनीहरू कार्यालयको सम्पर्कमा आएका छन् ।'

उहाँले कर्मचारीहरू घर घरमा पुगेर कार्ड वितरण गर्नेभन्दा पनि घर धनी नै कार्यालयमा आएर कार्ड लिनुपर्ने भएकाले पनि बन्द हडतालको प्रभाव परेको उहाँको भनाइ छ।

काठमाडौँ उपत्यका भित्र मात्र पाँच लाख र रिङ्गरोड भित्र मात्र अढाइ लाख आवासीय घरहरू रहेको अनुमान गरिए पनि अहिले थोरै मात्र आवासीय घरहरू करको दायरामा आएको आन्तरिक राजस्व विभागका कर्मचारीहरू बताउँछन्। उता नगर क्षेत्रका व्यावसायिक घरहरूले पनि कम आम्दानी देखाएर कर लुकाउने गरेको अधिकारीहरू बताउँछन्। त्यसैले अब सबै आवासीय घरलाई करको दायरामा ल्याउन र व्यावसायिक घरहरूबाट पनि आम्दानी अनुसारको कर उठाउन विभागले नयाँ रणनीति अगाडि सारेको विभागका महानिर्देशक टङ्कमणि शर्मा बताउनुहुन्छ।

यसका लागि विभागले असार मसान्तसम्ममा २५ हजार पाँच सय कार्ड वितरण गर्ने लक्ष्य राखेको थियो तर लगातारको बन्द हडतालले विभागको त्यो लक्ष्य पूरा नहुने सङ्केत देखिएको विभागका अधिकारीहरू बताउँछन्। नगर क्षेत्रका सबै आवासीय घरहरूलाई करको दायरामा ल्याउन सके वाषिर्क १० अर्ब रुपियाँभन्दा बढी थप कर असुली हुन सक्ने छ तर अहिले घर बहाल करबापत रु. डेड अर्ब हाराहारीमा मात्र असुली भइरहेको छ ।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home