अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
नेपाल टिम च्याम्पियन
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ १५ गते। नेपालले सोमबार १८औँ अन्तर्राष्ट्रिय हाइस्कुल कराँते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि जितेको छ। नेपाल कुल २३ स्वर्ण, १८ रजत र ५५ काँस्य पदक जितेर टिम च्याम्पियन बन्यो।

नेपाल सितोरियो कराँते डो सङ्घ, हाइस्कुल केन्द्रीय कमिटीद्वारा आयोजित प्रतियोगितामा भारत १४ स्वर्ण, २१ रजत र २३ काँस्य पदकका साथ दोस्रो भयो। तीन स्वर्ण, एक रजत र दुई काँस्य पदक जित्ने बङ्गलादेशले तेस्रो स्थानमा चित्त बुझायो।

प्रतियोगिताअन्तर्गत कुमुते जुनियरको पुरुषमा आकाश पाल तथा महिलामा कर्मा तामाङ उत्कृष्ट खेलाडी घोषित भए। सिनियरतर्फ पुरुषमा राजित रञ्जित तथा महिलामा सरिता श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए। यी चारै खेलाडी नेपालका हुन्। नेपालकी सिर्जना सापकोटा उदीयमान खेलाडी ठहरिन्। पोखराको हिमाल बाल कल्याणले अनुशासित टिमको उपाधि हात पार्‍यो।

प्रतियोगिताको अन्तिम दिन नेपालका लागि सुरज परियार, सुजन श्रेष्ठ, विकास मोक्तान, नीरञ्जन खड्का तथा शैलेस राईले स्वर्ण पदक हात पारे। महिला वर्गमा कविता राजथला, पुष्पा लामा, विनिता महर्जन, करुणा श्रेष्ठ, एलिसा लामा, रोजिता रञ्जित, सम्झना घिसिङ, कुसुम खड्का, अर्मिला डिसी, मनीषा मोक्तान तथा सुमित्रा सुलुले पनि नेपाललाई स्वर्ण पदक दिलाए। जुनियर महिला एकल कातामा नेपालकी निर्मला तामाङले स्वर्ण जितिन्।

किक बक्सिङतर्फ पुरुष ६५ केजीमा नेपालका अर्विन्द निशाद, ५५ केजीमा नेपालका मिर्साद हुसैन, ६० केजीमा नेपालका अमृत राउत तथा ५० केजीमा नेपालका लक्ष्मण बस्नेतले पहिलो स्थान हात पारे। महिला ४५ केजीमा नेपालकी कर्मा तामाङ, ६० केजीमा नेपालकी सिर्जना सापकोटा तथा ६८ केजीमाथिको समूहमा नेपालकी जस्मिन श्रेष्ठले फाइनलमा जित हासिल गरे।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home