धनगढी, जेठ १७ गते। डोटीको साजघाटबाट बुधबार जिल्ला सदरमुकाम सिलगढीतर्फ गइरहेको यात्रुवाहक जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परेर सवार २४ जना घाइते भएका छन्। ना. १ ज ३२६१ नम्बरको जिप खिर्सैन गाविस वडा नं. ३ सिर्मामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा काडामाडौँकी २ वषर्ीया रिया बोगटी, गैरागाउँ-३ की ३५ वषर्ीया गौरीदेवी खड्का, गैरागाउँ-२ की ३५ वषर्ीया खिरुदेवी बोहरा, ४ वषर्ीर्या तुलसी बोहरा, बगलेक गाविसकी ३५ वषर्ीया जुनु विष्ट, बगलेक कुडासैनका टेक ठकुल्ला रहनुभएको छ। यस्तै मृतकमा खिर्सैन-९ की ३८ वषर्ीर्या भागरती ऐर, काडामाडौँकी ३५ वषर्ीया ज्ञानु विष्ट, गाजरी-९ की पाटा भण्डारी, गैरागाउँ-४ का खेम बोहरा, तुलसीदेवी विकको नाम छ। मृतक एकजनाको सनाखत हुन सकेको छैन।
घटनामा परी घाइते हुनेमा काडामाडौँ-४ का १८ वषर्ीय केशव बडाल, पोखरी-१ का १४ वषर्ीय मानबहादुर विक, १७ वषर्ीय चन्द्र विक, काडामाडौँ-४ का ३५ वषर्ीय मोहन नेपाली, गैरागाउँ-२ का १७ वषर्ीय डम्मर बोहरा, खिर्सैन-८ का ३० वषर्ीया सुन्तली भुल, बगलेक-१ की ३५ वषर्ीया विष्णादेवी विष्ट, खिर्सैन-७ का ३० वषर्ीय गगन विक, बगलेक-३ की ३५ वषर्ीया बिर्मा ठकुल्ला, गैरागाउँ-३ की ४० वषर्ीर्या दुर्गादेवी खड्का, गैरागाउँ-३ की १८ वषर्ीया जयन्ता खड्का, खिर्सैन-८ की २० वषर्ीया लक्ष्मी नेपाली, ३५ वषर्ीया सीतादेवी भुल, ४ वषर्ीय अमर नेपाली, काडामाडौँ-२ की ३० वषर्ीया रूपादेवी बोगटी, गाजरी-१ का १३ वषर्ीय रमेश भण्डारी, बगलेक-१ का २३ वषर्ीया पुष्पा विष्ट रहनुभएको छ। अन्यमा गाजरी-९ की ४० वषर्ीया लक्ष्मीदेवी भण्डारी, काडामाडौँ-५ का १७ वषर्ीय भरत आले, गैरागाउँका ३५ वषर्ीया तुलसी उपाध्याय र परिचय नखुलेका चार जना घाइतेको जिल्ला अस्पताल डोटी र सुजङ अस्पताल दिपायलमा उपचार भइरहेको छ।
घाइतेमध्ये केशव, मानबहादुर, चन्द्र विक, डम्मर, विष्नादेवी, जिवर्मा, दुर्गादेवी, जयन्ता, लक्ष्मी, सीतादेवीको अवस्था गम्भीर रहेको जनाइएको छ। जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। दुर्घटना हुनुको कारण खुल्न सकेको छैन।