अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
सिक्स 'ए' साइड छात्रा फुटबलको तयारी
गोरखापत्र समाचारदाता
 

काठमाडाँै, जेठ १७ गते। गुहृयेश्वरी फुटबल एसोसिएसनले प्रथम गुहृयेश्वरी छात्रा सिक्स 'ए' साइड फुटबल प्रतियोगिताको आयोजना गर्नेभएको छ। गुहृयेश्वरी फुटबल एसोसिएसन दसदेखि १८ वर्ष उमेरसम्मका छात्रछात्राले स्थापना गरेको संस्था हो।

आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा लिगकम नकआउटका आधारमा शनिबारदेखि हुने जानकारी दिएको छ। प्रतियोगिता आयोजक गुहृयेश्वरीको घरेलु मैदानमा एक साता चल्नेछ। आठ टिमको सहभागिता रहेको प्रतियोगिता जित्ने टिमले १५ हजार, उपविजेताले दस हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ प्राप्त गर्नेछ।

प्रतियोगितामा वृहस्पति विद्या सदन, काठमाडौँ विश्वविद्यालय, मानसिंह धर्म उच्चमावि, अमरज्योति, ग्रामसेवा उच्चमावि, मोडल इन्डियन र आयोजक गुहृयेश्वरी एसोसिएसनले भाग लिएका छन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलका लागि चयन हुनेछन्।

एसोसिएसनका अध्यक्ष माइकल दोर्जे तामाङले छात्रको फुटबल प्रतियोगिता मात्र धेरै भएकाले छात्रा फुटबल प्रतियोगिता रोजेको बताए। दुुई वर्षअघि हामीले गुरुकूल छात्रा फुटबल प्रतियोगिताको सफल आयोजना गरिसकेका छौँ, यसैले प्रतियोगिता आयोजनाबारे हामीसँग अनुभव छ -१८ वषर्ीय अध्यक्ष तामाङले भने।

एसोसिएसन खेलकुद मात्र होइन, सामाजिक कार्यमा पनि भिजेको छ। अध्यक्ष तामाङकै अनुसार पनि संस्था पछिल्लो एक वर्ष सामाजिक सेवामै व्यस्त भएको थियो। यद्यपि उनी भन्छन्- अब खेलकुदमा हात बढाएका छौँ, यस प्रतियोगितालाई पनि निरन्तरता दिनेछौँ।

यसैगरी बुधबार डेरी मेटल वर्कसपका सूर्य नकर्मीले आयोजकलाई ३० सेट जर्सी प्रदान गरेका छन्।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home