अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
आनन्द पुनः विश्वविजेता
 

मस्को, जेठ १८ गते। भारतका विश्वनाथन आनन्दले बुधबार राति विश्व चेस च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन्। इजरायलका बोरिस गेल्फान्डलाई निणर्ायक 'स्पिड चेस' टाइब्रेकरमा हराएर आनन्द पुनः एकपटक विश्वविजेता बन्न सफल भए। टाइब्रेकरमा आनन्दले २.५ र गेलफान्डले १.५ अङ्क प्राप्त गरे।

मस्कोमा भएको १२ खेलको शृङ्खला बराबर भएपछि टाइब्रेकरबाट विश्वविजेताको छिनोफानो गरिएको थियो। यसअघि १२ नियमित खेलमा दुवैले छ/छ जित हासिल गरेका थिए। त्यसपछि यी दुईले चार र्‍यापिड खेल समय घटाएर खेले। प्रत्येक खेलाडीलाई २५ मिनेटको समय दिइएको थियो।

आनन्द उपाधि जितपछि १५ लाख डलरको हकदार बने। गेलफान्डले दस लाख डलरमै चित्त बुझाए।

साढे चार घण्टाको तनावपूर्ण खेल जितेपछि आनन्दले भने- यस्तो तनाव कमैमात्र बेहोरेको छु, खेल बराबरीको थियो, टाइब्रेकरमा खेलले कस्तो मोड लिन्छ भन्ने थाहा थिएन, अन्तिम समयसम्म पनि जित्ने खेलाडी पक्का थिएन, अहिले जितपछि निकै राहत महसुस गरिरहेको छु। एपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home