अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
आयोजक थेम्स सेमिफाइनलमा
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ १८ गते। गतविजेता थेम्स र युनिभर्सल कलेज बिहीबार थेम्स इन्टरकलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

यी दुई टिमसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ। यसअघि डीएभी र कार्थफोर्ड कलेज सेमिफाइनलमा पुगेका थिए। फाइनल प्रवेशका लागि शनिबार थेम्सले डीएभीसँग र युनिभर्सलले कार्थफोड कलेजसँग प्रतिस्पर्धा गर्नेछन्।

आयोजक थेम्सले बिहीबार काठमाडौँको मोडल कलेज -केएमसी)लाई छ विकेटले हरायो। पहिले ब्याटिङ गरेको केएमसीले १९ ओभरमा सबै विकेट गुमाएर मात्र ८४ रन बनाएको थियो। थेम्सले १५.१ ओभरमा मात्र चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। उपाधि रक्षाको अभियानमा रहेको थेम्सको जितमा सागर मल्लले २७, विभवराज जोशीले २२ र प्रतीक श्रेष्ठले ११ रन बनाए। यसअघि बलिङमा थेम्सका लागि चार विकेट लिएका इरोज श्रेष्ठ 'म्यान अफ द म्याच' घोषित भए।

अन्तिम क्वाटरफाइनलमा युनिभर्सलले केसीएमआईटीलाई तीन विकेटले हरायो। केसीएमआईटीले १८.४ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १११ रन बनायो। युनिभर्सलले छ बलअघि नै सात विकेटको नोक्सानीमा ११४ रन बनाई खेल जित्यो। तीन चौकासहित २३ रन बनाएका युनिभर्सलका किरण सवश्रेष्ठ खेलाडी बने।

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home