अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
बैङ्क शाखा पुनस्र्थापना गर्न माग
नुवाकोट समाचारदाता
 

विदुर, जेठ १९ गते। द्वन्द्वको समयमा विस्थापित नुवाकोटका ग्रामीण भेगमा रहेका बैङ्कहरू गाउँ र्फकन सकेका छैनन्।

असुरक्षाको कारण देखाउँदै सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैङ्कका शाखाहरू द्वन्द्वको समाधान भएर शान्ति स्थापना भएको ६ वर्ष बितिसक्दा पनि पुनस्र्थापना नहुँदा ग्रामीण भेगका जनता बैङ्किङ कारोबार तथा सेवा लिन सदरमुकाम धाउन बाध्य छन्। अर्कोतर्फ दुर्गम भेगका प्रायजसो सर्वसाधारण बैङ्किङ सेवा लिनबाट वञ्चितसमेत भएका छन्।

नुवाकोट जिल्लाको देउराली, वागेश्वरी, खानीगाउँ, ककनी गाविसमा भएका नेपाल बैङ्क लिमिटेडका शाखा र समुद्रटार गाविसका वाणिज्य बैङ्कका शाखाहरू सदरमुकाममै केन्दि्रत छन्। जसका कारण ग्रामीण क्षेत्रमा हुने आर्थिक गतिविधि प्रभावित बन्नुका साथै यहाँका बासिन्दा बैङ्किङ सेवा लिन नपाउँदा मर्कामा परेका छन्।

ककनी र खरानीटार गाविसमा कृषि विकास बैङ्कका शाखाहरू पुनस्र्थापित भइसकेका छन् भने यता खरानीटारमा पनि वाणिज्य बैङ्कको एक शाखा सदरमुकामबाट फिर्ता गइसकेको छ।

जिल्लाको पूर्वी भागका लिखु, तलाखु, बेतिनी, सिक्रे, राउतबेंसी, घ्याङ्फेदी, शिखरबेंसी, उर्लेनी, बालकुमारीलगायतका दुई दर्जन गाविसका जनताले बैङ्किङ सेवा पाउन सकेका छैनन्।

सेवा लिनुपरेमा दुई दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता छ। त्यसैगरी उत्तरी क्षेत्रका साल्मे, भाल्चे, फिकुरी, काउले, किम्ताङ, बर्सुन्चेत, बुङ्ताङ, सामरीलगायत १० गाविसका जनताले पनि यस्तै सास्ती व्यहोर्नुपरेको छ।

वैदेशिक रोजगारमा गएका आफन्तले पठाएको रेमिट्यान्स लिन सदरमुकाम आउने व्यक्तिहरू बढी झन्झट खेप्ने गरेका छन्। समुद्रटारमा बैङ्क नभएपछि तलब लिन जिल्ला सदरमुकाम विदुर आउनुपर्ने घ्याङ्फेदी प्राथमिक विद्यालयका प्रधानाध्यापक मणिराम भण्डारीले बताउनुभयो।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home