अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
खेल जगत्
 
इश्नर म्याराथन भिडन्तमा पराजित
 

पेरिस, जेठ १९ गते। प|mेञ्च ओपन पूर्वविजेता अन्ना इभानोभिच शुक्रबार प|mेञ्च ओपनको तेस्रो चरणबाट बिदा भएकी छन्। इटालीकी २१औँ वरीयताप्राप्त सारा इरानीले इभानोभिचलाई १-६ ,७-५, ६-३ ले स्तब्ध बनाइन्। क्लेकोर्ट विशेषज्ञ इरानीले अर्को चरणमा तेस्रो वरीयताप्राप्त आग्नेस्का राड्वान्स्का तथा रुसकी स्वेट्लाना कुज्नेसोभामध्ये एकविरुद्ध खेल्नेछन्।

रुसकी मारिया सारापोभा भने सजिलै जापानकी आयुमी मोरिटालाई ६-१, ६-१ ले हराई तेस्रो चरणमा पुगिन्। दोस्रो वरीयताप्राप्त पहिलो चरण पनि ६-०, ६-० ले जितेकी थिइन्।

यसैगरी, अमेरिकाका जोश इश्नर पुनः म्याराथन खेलमा संलग्न भएका छन् तर यसपटक उनी प|mान्सका पल हेन्री म्याथ्युसँग ६-७ -२), ६-४, ६-४, ३-६, १८-१६ ले पराजित भए। यी दुईबीचको खेल पाँच घन्टा ४१ मिनेट चलेको थियो। जुन प|mेञ्च ओपनको इतिहासमा दोस्रो सर्वाधिक लामो समय चलेको खेल हो। दुई वर्षअघि विम्बल्डनमा इश्नर र निकोल माहुतले टेनिस इतिहासकै सर्वाधिक लामो भिडन्त गरेका थिए। यी दुईबीचको निणर्ायक सेट ७०-६८ मा टुङ्गिएको थियो। सो अन्तिम सेट मात्र २ घन्टा २८ मिनेट चलेको थियो। सो ऐतिहासिक खेलमा भने इश्नर विजयी भएको थियो।

गत विजेता राफेल नाडाल सहज रूपमा उज्बेकिस्तानका डेनिस इस्टोमिनलाई ६-२, ६-२, ६-० ले हराएर तेस्रो चरणमा पुगे। नाडालको रोल्यान्ड ग्यारोमा प्रदर्शन ४७ जित र एक हारको छ। दोस्रो वरीयताप्राप्त नाडालले प|mेञ्च ओपन छ पटक जितिसकेका छन्। अब एक उपाधिले उनी सर्वाधिक पटक प|mेञ्च ओपन जित्ने खेलाडी बन्नेछन्। अहिले उनी ब्योन बर्गको बराबरीमा छन्।

पाँचौँ वरीयताप्राप्त जो विलप|mेड सोङ्गा, छैटौँ वरीयताका डेभिड फेरर र महिला वरीयतामा तेस्रो स्थानमा रहेकी पेट्रो क्विटोभा पनि तेस्रो चरणमा पुगे। विम्बल्डन च्याम्पियन क्विटोभाले पोल्यान्डकी उर्सुसुला राड्वान्स्कालाई ६-१, ६-३ ले हराइन्। राड्वान्सका तेस्रो वरीयताप्राप्त आग्नेस्का राड्वान्स्काकी बहिनी हुन्। आग्नेस्काले एकदिनअघि सात पटक ग्रान्डस्लाम विजेता भेनस विलियम्सलाई पाखा लगाएकी थिइन्। एएफपी

 
अन्य शीर्षक
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home