लन्डन, जेठ १९ गते। युरोपेली च्याम्पियन्सीपको तयारीमा बिहीबार राति भएका अभ्यास खेलमा जर्मनी, फ्रान्स र ग्रीसले जित हासिल गरेका छन्। फ्रान्सले सर्वियालाई २-० र ग्रीसले आर्मेनियालाई १-० ले पराजित गरे। युरो च्याम्पियन्सीप जितिसकेको ग्रीसका लागि किरियाकोस पापाडोपाउलोसले गोल गरे।
इजरायललाई २-० ले हराउन जर्मनीले कडा परिश्रम गर्नुपर्यो। पूर्वार्द्ध र उत्तरार्द्धका अन्तिम समय क्रमशः मारियो गोमेज र स्थानापन्न खेलाडी एन्द्री सुर्लेले गोल गरेपछि मात्र जर्मनीले जितको स्वाद चाख्यो। तीनपटक युरो जितिसकेको जर्मनी अहिले पनि दावेदारका रूपमा रहेको छ तर गत शनिबार अभ्यास खेलमा स्विट्जरल्यान्डसँग ५-३ ले हराएपछि जर्मनीलाई मनोबल उच्च पार्न इजरायलविरुद्धको मैत्री खेल जित्न आवश्यक थियो।
यस वर्ष जर्मनीको यो पहिलो जित हो। स्विट्जरल्यान्डसँग हार्नुअघि जर्मनीलाई प|mान्सले पनि पराजित गरिसकेको छ। युरो च्याम्पियन्सीपमा समूह 'बी'मा रहेको जर्मनीले आप\mनो पहिलो खेल जेठ २७ गते पोर्चुगलविरुद्ध खेल्नेछ। सो समूहमा नेदरल्यान्ड र डेनमार्क पनि रहेका छन्।
पूर्वार्द्ध सकिन पाँच मिनेट बाँकी छँदा गोमेजले थोमस म्युलरको पासमा गोल गरे। उनको यो ५२औँ खेलमा २२औँ अन्तर्राष्ट्रिय गोल हो। त्यसपछि जर्मनीले लगातार आक्रमणको नतिजा खेलको ८२औँ मिनेटमा सुर्लेको गोलबाट प्राप्त गर्यो। जर्मनीका प्रमुख मिडफिल्डर बास्टेन स्वाइन्सटाइगरले भने मैदानमा उत्रेनन्। उनी घाइने छन्।
पफ्रान्सका लागि प|mान्क रिबेरी र ˆलोरेन्ट मालुडाले गोल गरे। फ्रान्स पछिल्ला २० खेलमा अपराजित छ। यसअघिको मैत्री खेल पनि फ्रान्सले ३-२ ले आइसल्यान्डलाई हराएर जितेको थियो। प|mान्सले सर्वियाविरुद्ध दुवै गोल मध्यान्तरअघि गरेको थियो। युरोअघि फ्रान्सले अझै एक मैत्री खेल खेल्नेछ। फ्रान्सले युरो २०१२ अन्तर्गत पहिलो खेलमा जेठ २९ गते इङ्ल्यान्डको सामना गर्नेछ।
आइसल्यान्डविरुद्धको खेल दुई गोलले पछाडि परेर पनि प|mान्सले जितेको थियो तर बिहीबार राति भने फ्रान्सले मध्यान्तरअघि नै दुई गोल ठोक्यो। यद्यपि सो खेलमा मिडफिल्डर यान एमभिल्लाले गोलीगाँठोको चोट बोकेपछि प|mान्स समस्यामा परेको छ। एपी