अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'ठक्कर खाएर पनि उपेन्द्रको बुद्धि पलाएन'
गोपस
 

काठमाडौँ । बृहत् मधेसी मोर्चा निर्माण गर्न प्रमुख भूमिका निर्वाह गर्नेमध्ये एक एमाओवादी केन्द्रीय सदस्य रामकुमार शर्माले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा आफूहरूमाथि गरिएको कारबाहीलाई 'बचकाना' -केटाकेटीपन) को संज्ञा दिनुभएको छ।

"छायामा परेका, हराइरहेका उपेन्द्रजीलाई मधेसी, जनजाति, उत्पीडनमा परेका मानिसहरूको पक्षमा अगुवाइ गर्न हामीले अघि बढाएका थियौँ तर कैयौँ ठक्कर खाएर पनि उहाँको बुद्धि पलाएन", शर्माले भन्नुभयो।

"उहाँले काँग्रेस, एमालेलगायत सङ्घीयताविरोधी शक्तिलाई बल पुग्ने गरी अलोकतान्त्रिक बचकाना निर्णय गर्नुभयो", शर्माले गुनासो पोख्नुभयो।

नेता शर्माले भन्नुभयो, "यात्रा लामो थियो, हामी अधिकारको लडाइँको लामो यात्रामा निस्केका थियौँ, उहाँको ग्राफ पनि राम्रै बनिरहेको थियो तर उहाँ आफैँले आफूलाई ध्वस्त पार्नुभयो।"

"उहाँले साबित गर्नुभयो, उहाँको पार्टी टुक्रा टुक्रा उहाँकै अयोग्यताका कारण भएको रहेछ", शर्माले यादवको कदममाथि टिप्पणी गर्दै बताउनुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home