अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
अर्थ
 
बढ्न थाल्यो नक्कली गहनाको प्रयोग
सीता शर्मा
 

काठमाडौँ, जेठ २० गते। 'सुनभन्दा कम छैन हराए पनि डर छैन' भनेरै होला केही वर्षदेखि नक्कली सुनका गहनाको प्रयोग गर्नेतर्फ महिलाको आकर्षण निकै बढेको छ। पछिल्लो समयमा सुनको मूल्य अत्यधिक बढ्नु र देशको सुरक्षाको अवस्था पनि कमजोर हुँदै जानुले गर्दा नक्कली सुनका गहनाप्रति आममहिलाको आकर्षण बढेको हो।

नक्कली सुनका गहना नेपालमा आयात गरी राजधानीका बजारमा राखेका पसलेहरूले दैनिक औसतमा २० हजारदेखि ३० हजार रुपियाँसम्मको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन्।

सुन्धारामा पाँच वर्षदेखि नक्कली सुनका गहनाको व्यापार गर्दै आएकी अरूणा कार्की भन्नुुहुन्छ, "सक्कली सुनको मूल्य अप्रत्याशित रूपमा बढ्दै गएकोले पनि होला ग्राहकहरूको नक्कली गहनाप्रति आकर्षण बर्सेनि बढ्दैछ।"

अचेल नक्कली सुनका गहनाको निम्न वर्गका महिलाले मात्र खरिद गर्छन् भन्ने होइन, उच्च वर्गका महिलाले यस्ता गहना झन् बढी खरिद गर्ने गरेको उहाँको अनुभव छ। यस्तै न्युरोडस्थित विशालबजारमा नक्कली सुनका गहना व्यापारी कामेश्वरी श्रेष्ठको अनुभवमा यस्ता गहना दैनिक प्रयोगका लागि भन्दा विवाह, पार्टीमा प्रयोग गरिने गहनाका सेटहरू बढी बिक्री हुने गरेका छन्।

उहाँले चार/पाँच वर्षयता सक्कली सुनको मूल्य पनि निकै बढ्नुका साथै सुन लगाएर हिँड्न नसक्ने अवस्था भएका कारण विवाहमा समेत नक्कली सुुनका गहना प्रयोग गर्न थालेका छन्।

गत वर्षको तुलनामा नक्कली सुनको व्यापार गर्नेहरूको सङ्ख्या झण्डै दोब्बर भएको र कारोबार दोब्बरभन्दा बढीले वृद्धि भएको नयाँसडककै अर्का व्यापारी नितेश शाहले बताउनुभयो।

नेपाल सरकारका अधिकृत वविता अधिकारीले नयाँ नयाँ डिजाइनबाट बनाइएका औँठी, सिक्री, टप, नेक्लेस, गरी पाँच हजार ७०० रुपियाँका नक्कली सुनका एक सेट गहना खरिद गर्नुभयो।

अधिकारीसँग सक्कली सुनका गहनाहरू हुँदै नभएका कहाँ हुन् र Û महँगो सुनका सक्कली गहना लगाउँदा जीउज्यानको सुरक्षा कसलेे गरिदिन्छ ? भनी प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो, "कहीलेकाहीँ इज्जत राख्नका लागि पनि गहना लगाउनै पर्ने, त्यसैले नक्कली सुनका गहना किनेँ। यस्ता गहना चोरी भएमा वा हराएमा पनि धेरै क्षति पनि हुँदैन र पछुतो कम हुन्छ।" नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार नक्कली सुनका गहनाले गर्दा सक्कली सुनकेा गहनाको मागमा निकै ह्रास आएको छ।

नेपाल सुनचाँदी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले नक्कली सुनका गहनामा आकषिर्त हुनका कारणहरू सुनको मूल्य अप्रत्याशित रूपले वृद्धि हुनु र सुनका गहना लगाएर हिँड्दा असुरक्षा बढेकाले सुनका गहना लगाएर हिँड्न नसक्ने अवस्था भएको बताउनुभयो। सङ्घका अनुसार उपत्यकामा दर्ता भएका वा दर्ता नभई सञ्चालित सक्कली सुनका गहना पसलहरू झण्डै छ सय रहेकोमा नक्कली गहनाको पसल राजधानीमा करिब तीन सय रहेका छन्।

केही वर्षयता राजधानीका ठूल्ठूला सुपरमार्केटमा समेत यस्ता नक्कली सुनका गहनाहरूको बिक्री व्यापक बढेको छ। यस्ता गहना छिमेकी राष्ट्र भारतबाट ल्याएर राजधानीका मुख्य बजारमा बिक्री वितरण गर्ने गरिएको व्यापारीहरू बताउँछन्।

 
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home